Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ट्र्याक्टरले किचेर सुतिरहेका वृद्धको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ३१, चितवन । चितवनको भरतपुरमा ट्र्याक्टरले किचेर एकजना वृद्धको मृत्यु भएको छ ।

शनिबार साँझ ८: ३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ९ स्थित तीनतले चोकमा ना ४ त ७०४६ नंको ट्र्याक्टरले किचेर ७१ वर्षका स्थानीय लक्ष्मण गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

रातिको समयमा घर अगाडि सुतिरहेका बेला ट्र्याक्टर ब्याक गर्ने क्रममा उनलाई किचेको प्रहरीले जनाएको छ । ट्र्याक्टरले किचेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालक भने सम्पर्कमा नरहेको र खोजी भइरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । यता पूर्वी चितवनको खैरहनीमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । रासस