२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लाको गोठिचौर गाउँपालिकामा एमालेको अग्रता, एक वडामा प्यानलै विजयी

२०७४, १ जेष्ठ सोमबार ०२:१४

नन्दराम जैशी/जेठ १, जुम्ला । जुम्लाको गोठिचौर गाउँपालिकामा एमालेको अग्रता कायम रहेको छ भने वडा नम्बर १ मणिसाँघुमा नेकपा एमालेको प्यानल विजयी भएको छ । 

वडा अध्यक्षमा नेकपा एमालेका गणेश ऐडि, महिला सदस्यमा कुसुलामु रोकाया, दलित महिला सदस्यमा दिलमाया कामी, वडा सदस्यमा गोरख बस्नेत र खुल्ला सदस्यमा प्रेमवहादुर लामा विजयी हुनु भएको छ । 

ऐडिका प्रतिद्धन्द्धी माओवादि केन्द्रका मेघराज लामालाई पराजित गर्दे ऐडि वडाध्यक्षमा विजयी हुनु भएको छ । ऐडिले ३ सय १ मत प्राप्त गर्नु भएको छ भने प्रतिद्धन्द्धी लामाले १ सय ७२ मत प्राप्त गर्नु भएको छ । 

नेपाली काँग्रेसका नन्दवहादुर ऐडिले ९० मत प्राप्त गर्नु भएको छ । महिला सदस्यमा माओवादि केन्द्रका देवकि लामालाई पछि पार्दे नेकपा एमालेका कुसुलामु रोकाया विजयी हुनु भएको छ । विजयी रोकायाले २ सय ८३ मत प्राप्त गर्नु भएको छ भने पराजित हुनु भएका लामाले १ सय ५५ मत प्राप्त गर्नु भएको छ । 

नेपाली काँग्रेसका लालकलिले १ सय ७ मत प्राप्त गर्नु भएको छ । दलित महिला सदस्यमा नेकपा एमालेका दिलमाया कामी विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी माओवादि केन्द्रका लालकोषा कामीलाई पराजित गर्दे दिलामाया कामी विजयी हुनु भएको हो ।

दिलमायाले २ सय ७८ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धी लालकोषले १ सय ६४ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहनसागर बश्यालले जानकारी दिनुभयो । नेपाली काँग्रेसका दलित महिला सदस्य सुनकली कामीले ८८ मत प्राप्त गर्नु भएको छ । 

वडा सदस्य सिंगलमा नेकपा एमालेका गोरख बस्नेत विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्दी माओवादि केन्द्रका लोकवहादुर रोकायाले १ सय ६४ मत प्राप्त गर्नु भएको छ भने विजयी बस्नेतले २ सय ७६ मत प्राप्त गर्नु भएको छ । 

नेपाली काँग्रेसका जोहरीलाल रोकायाले ८१ मत प्राप्त गर्नु भएको छ । यसैगरि खुल्ला वडासदस्यमा नेकपा एमालेका प्रेमलामा विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी माओवादि केन्द्रका लोकवहादुर रोकायालाई पराजित गर्दे लामा विजयी हुनु भएको छ । 

लामाले १ सय ८० मत प्राप्त गर्नु भएको भने उहाँका प्रतिद्धन्द्धी रोकायाले १ सय ६४ र नेपाली काँग्रेसका सम्पुर्ण महताराले ९६ मत प्राप्त गरेको निर्वाचन अधिकृत बश्यालले जानकारी दिनुभयो ।

 गाउँपालिकाको प्रमुखमा एमालेको अग्रता

 गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका क्षेत्रवहादुर भण्डारीले २ सय ७६, माओवादि केन्द्रका हरिवहादुर भण्डारीले १ सय ६८ र नेपाली काँग्रेसका दानवहादुर बुढाले १ सय ८ मत प्राप्त गरेको छ । यसैगरि उपप्रमुखमा नेकपा एमालेको २ सय ५९, माओवादि केन्द्रको १ सय ७५ र नेपाली काँग्रेसले १ सय ८ मत प्राप्त गरेको गोठिचौर गाउँपालिकाका निर्वाचन अधिकृत मोहनसागर बश्यालले जानकारी दिनुभयो ।

 यसैबिच, जुम्लाका सात वटा गाउँपालिका र एक नगरपालिमकामा मतगणना भइरहेको छ । मतगणनाको पछिल्लो विवरण अनुसार चन्दननाथ नरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कान्तिका सेजुवालले अग्रता लिएका हुन् । 

झण्डै २ सय १३ भन्द बढी मत गणना हुँदा कांग्रेसका उम्मेदवार सेजुवाले १ सय, माओवादीको केन्द्रका मेयका उम्मेदवार अशोककुमार श्रेष्ठले ७२ र एमालेका मेयरका उम्मेदवार शान्तिला महतले २७ मत प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित