2026-10-20 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपहरणमा परेका माओबादीका उम्मेदवार परिवारको सम्पर्कमा आए

जेठ १, चितवन । अपहरणमा परेको भनिएका एकजना उम्मेदवार गएराति परिवारको सम्पर्कमा आएका छन् । 

चितवनको राप्ती नगरपालिका–९ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल हिजो बिहानैदेखि सम्पर्कविहीन भएका थिए । 

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले दिएको जानकारीअनुसार राति नै उनी परिवारको सम्पर्कमा आएका हुन् । उनलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप माओवादी केन्द्रले लगाएको थियो । उक्त घटना भए पनि यहाँको निर्वाचन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 

तर प्रहरी अनुसन्धानले निर्वाचनका कारण उनी आफैँ सम्पर्कविहीन भएको देखिएको बताइएको छ । उनको खोजीका लागि हिजोनै प्रहरीले एउटा टोली त्यसतर्फ खटाएको थियो । 

सो घटनाको विषयमा अझै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार राति १ बजेदेखि उनी सम्पर्कविहीन भएका थिए । 

यता निर्वाचनको दिनमा प्रहरीले अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३३ जनालाई छाडिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ