२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन कालिका नगरपालिका–११ मा मतदान सन्पन्न, ८१ प्रतिशत मत खस्यो

२ जेष्ठ २०७४, मंगलवार १३:१६

जेठ २, रत्ननगर (चितवन) | पूर्वी चितवनको कालिका नगरपालिकामा आज मतदान सम्पन्न भएको छ । 

चट्याङ लागेर उम्मेदवारको मृत्यु भएपछि स्थगित भएको चितवनको कालिका नगरपालिका–११ मा आज शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मतदान अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वडामा ८२० मतदाता रहेकामा ६६४ मत(८१ प्रतिशत) खसेको शर्माले जानकारी दिनुभयो । 

मतगणनाको विषयमा आजैका लागि सर्वदलीय बैठक बोलाइएको र बैठकको निर्णयअनुसार मतगणनाका क्रम अघि बढ्ने शर्माले जानकारी दिनुभयो । वैशाख २६ गते वर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । 

सोही कारण यहाँ वैशाख ३१ मा मतदान रोकिएकाले आज मतदान भएको हो । मृतक सिफलको स्थानमा माओवादी केन्द्रले सुकराम चेपाङलाई उम्मेदवार बनाएको छ । 

दलित नभएकाले यहाँ दलित महिलामा भने कुनै उम्मेदवारी परेन । कालिका नगरपालिकामा २२ हजार ९८७ मतदाता रहेकामा यसअघि अन्य १० वडामा १७ हजार ९४३ मत खसेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य