2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेको पाँचखाल नपा–४ मा काँग्रेस र ५ मा माओवादी विजयी

जेठ ३, काभ्रे | काभ्रे जिल्लाको पाँचखाल नगरपालिका –४ मा नेपाली काँग्रेस र ५ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । पाँचखाल–४ मा नेपाली काँग्रेसका तर्फबाट सुन्दर तामाङ ७१५ मत ल्याएर विजयी हुनुभएको छ भने ५ मा नेकपा (माओवादी केन्द्र)का बालकृष्ण सापकोटा ४२३ मत ल्याएर विजयी हुनुभएको छ । 

वडा नम्बर ४ मा तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गणेश नेपाल ४७९ मत ल्याई दोस्रो हुनुभएको छ भने वडा नम्बर ५ मा एमालेकै सीताराम ढुङ्गाना ४१८ मतले दोस्रो हुनुभएको छ । 

वडा नम्बर ४ मा महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट सञ्जिता दनुवार विजयी हुनुभएको छ । त्यसैगरी, काँग्रेसबाट नै दलित महिला सदस्यमा जमुना विश्वकर्मा, पहिलो सदस्यमा कृष्णबहादुर राई र दोस्रो सदस्यमा निरबहादुर लामा विजयी हुनुभएको छ । 

वडा नम्बर ५ मा एमालेबाट महिला सदस्यमा चित्रकुमारी सापकोटा, दलित महिला सदस्यमा जमुना मिजार सार्की, पहिलो सदस्यमा टोकबहादुर सापकोटा र दोस्रो नम्बर सदस्यमा भोटु गिरी विजयी हुनुभएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई