2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरको मध्यपुर थिमि वडा नं २ मा काँग्रेस विजयी

जेठ ३, भक्तपुर | मध्यपुरथिमि नगरपालिका वडा नं २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राम थापामगरको टोली विजयी भएको छ । 

थापामगरले ८३२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमराज गौतमले ६७० मत ल्याउनुभएको थियो । 

त्यसैगरी, महिला सदस्यमा एमालेका उम्मेदवार सकुन्तला श्रेष्ठ विजयी हुनुभएको छ भने दलित महिला सदस्यतर्फ एमाले कै अम्बिका रजक निर्विरोध हुनुभएको थियो । सदस्यमा नेपाली काँग्रेसका प्रल्हाद कार्की र विदुर भट्टराई विजयी हुनुभएको छ । 

यसअघि मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको थियो भने महिला सदस्यमा विजयालक्ष्मी द्धारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी हुनुभएको थियो । 

यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापतिको प्यानल अग्रस्थानमा रहेका छन् । 

चाँगुनारायणमा आज पुनः मतदान सुरु 

यसैबीच, स्थानीय तह निर्वाचन–२०७४ अन्तर्गत जिल्लाको विवादित चाँगुनारायण नगरपालिकामा मतदान सुरु भएको छ । 

चाँगुनारायण नगरपालिका–६ स्थित वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि पुनःमतदान सुरु भएको हो । 

गत बैशाख ३१ गते मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किएपछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनःमतदान गर्न परिपत्र गरेपछि पुनः मतदान भएको छ । 

चाँगुनारायण नगरपालिका–६ (साविक नगरकोट गाविस) मतदानकेन्द्र ‘ख’ मा कुल ८०७ मतदाता रहेका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई