कमल रावल अछाम | अछाम जिल्लाकै बहु चर्चित क्रिकेट प्रतियोगिता बर्षेनि ओलिगाउमा हुुने गर्दछ । मैदानको अभाव भएपनी गहु खेती भित्री सकेपछि खेतका गरामा क्रिकेट प्रतियोगिता हुने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल अछाम | अछाम जिल्लाकै बहु चर्चित क्रिकेट प्रतियोगिता बर्षेनि ओलिगाउमा हुुने गर्दछ । मैदानको अभाव भएपनी गहु खेती भित्री सकेपछि खेतका गरामा क्रिकेट प्रतियोगिता हुने"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सानदार प्रर्दशनका बिचमा सफल रहयो १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता

५ जेष्ठ २०७४, शुक्रबार १६:१६


कमल रावल अछाम | अछाम जिल्लाकै बहु चर्चित क्रिकेट प्रतियोगिता बर्षेनि ओलिगाउमा हुुने गर्दछ । मैदानको अभाव भएपनी गहु खेती भित्री सकेपछि खेतका गरामा क्रिकेट प्रतियोगिता हुने गर्दछ । सुुदुुरपश्चिममा यतिबेला क्रिकेटको यति क्रेज बढेको छ की ओलिगाउको तोल्यानमा भएको प्रतियोगितामा ५ हजार भन्दा बढी दर्शकले भरपुर आनन्द लिनुका साथै राष्टिय, क्षेत्रिय र जिल्ला स्तरका खेलाडीले आफनो खेल प्रतिभा प्रदर्शन गरे ।

बर्षेनि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता भईरहदा प्रत्येक वर्ष पुुरुस्कार राशि समेत बढाईदै आईएको छ । जिल्लाकै ठुुलो धनराशिको प्रतियोगितामा अन्र्तगत यस वर्ष ३६ हजार ६ सय ६६ राशिको प्रतियोगिताको थियो । जुन राशिको प्रतियोगिता थियो त्यो राशि डिन्फेन्डीङ्ग च्याम्पीयन स्वयम मँगला विकास क्बल ओलिगाउले आफनो नाममा राख्न सफल भयो । प्रत्येक खेलाडी, सबै क्रिकेट प्रेमिले यस वर्षका उपाधि दाबेदार मँगला विकास क्लब ओलिगाउ, ककर सात एक सँघ रिडिकोट, टँक स्मृति युुवा क्लब जुपुु र दिपक युुवा क्लब कालिका अनुमान लगाएका थिए । अनुुमान अन्र्तगत प्रतियोगिताको उपाधि जसलाई अनुमान लगाईएको थियो, त्यही मँगला बिकास क्लब ओलिगाउले हात पारयो । जुन अनुमान थियो त्यस मध्ये यसपालि दिपक युुवा क्लबलाई क्वाटरफाईनलमै पराजित गर्दै ए स्टार युवा क्लब मँगलसेनले सेमिफाईनल स्थान पक्का गरयो भने ककर सात एकता सँघ बयालपाटाले टँक स्मृति युवा क्लब जुपुलाई क्वाटरफाईनलमा रोक्न सफल भएको थियो । सिमित प्रायोजक, मैदान अभावको बिचमा भएको खेल निकै सफल भएपनि जिल्ला स्थित मिडिकर्मिको भने त्यति धन गएको देखिएन । स्वयम एक्लै आयोजकका खेलाडी पत्रकार कमल रावलले जसो तसो यो अभाबलाई पुरा गरेका थिए । 

अब कुरा गरौँ कुन टिममा कस्ता खेलाडी थिए ?


 जिल्लाका १२ टिमको सहभागिता रहेको प्रतियोगितामा १५ जना भन्दा बढी खेलाडी राष्टिय, क्षेत्रिय र जिल्ला स्तरका नाम चलेका खेलाडीको सहभागिता रहेको थियो । सबै भन्दा पहिले कुरा गरौँ उपाधि जितेको आयोजक मँगला बिकास क्लब ओलिगाउले जुन टिमका ११ जना खेलाडी मध्ये कैलाली टिकापुुर बाट खेल्ने ५ जना खेलाडी थिए । जुन टिममा धनगढी प्रिमियरमा समेत परिसकेका उत्कृष्ट बलर विकल्प बिष्ट (विप्लप), उत्कृष्ट विकेट किपर लोकेन्द्र शाह, कलासिक व्याट्सम्यान जिवन कडायत, अलराउडर गौरभ खडका र महेश कुवरको सहभागिता रहेको थियो । अर्को टिम जुन उपाधि जित्न असफल भई दोस्रो भएको ककर सात एकता सँघ रिडिकोटको जुन टिममा अछाम क्षेत्र नम्बर १ का सबै नाम चलेका खेलाडीको सहभागिता रहेको थियो ।

११ जना भित्रका सबै खेलाडीले अछामबाट क्षेत्रिय प्रतियोगितामा सहभागिता त जनाएका नै छन । राष्टिय सम्म खेलिसकेका अलराउडर शिवराज स्वार र उत्कृष्ट बलर विनोद खत्रि (मिठ्ठुु) को सहभागिता थियो । अर्को टिम हो सेमिफाईनलबाट बाहिरिएको ए स्टार युवा क्लब मँगलसेन जुन टिमले पनि लिग चरण हुदै क्वाटरफाईनलमा निकै उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाईनल पुुगेको हो । जुन टिममा पनि अर्जुुन शाह, मुुकेश टमट्टा, विनोद भण्डारी, नरेश चौधरी, धनगढीबाट क्षेत्रिय प्रतियोगिता खेलिसकेका ६ जना खेलाडीको प्रतिनिधित्व थियो । जुन टिममा सुुदुरपश्चिममा बाट युु १९ मा भर्खरै राष्टिय छनोटमा परेका सागर भण्डारीले खेल्ने भनेता पनि प्रतियोगिता अवधिभर ओलिगाउमै भएपनि प्रतियोगिता भने खेलेनन । अर्को टिम जुन टँक स्मृति युवा क्लब जुपुु जुन उपाधि दाबेदार थियो जसले क्वाटरफाईनलमै रिडिकोट सँग हार बेहोर्नु परेको थियो । जहाँ भर्खरै ईटहरिमा सम्पन्न सातौँ राष्टिय खेलकुुद प्रतियोगिता खेलिसकेका सन्जु वाबु परियार र केही नाम चलेका पुराना खेलाडी पनी थिए । सन्जु बावुको ब्याटिग, वलिङ्ग र विकेटकिपर ओलिगाउमा सम्झन लाएक रहयो । अर्को टिम हो एक्लै खेलाडीको बल बुुतोमा क्वाटरफाईनल पुुगेको वयालपाटा युवा क्लब जुन टिममा थिए एकजना होनाहार भाग्यशालि खेलाडी गोकुल बिष्ट, उनले ३ खेलमा ९२ रनको सानदार पारि खेलका थिए जुन यस वर्षको यो उच्च स्कोर सायद उनको टिम सेमिफाईनल सम्म पुुगेको भए म्यान अफ द सिरिजको दाबेदार उनि नै हुुन्थे । 

अन्तमा फाईनल खेल कस्तो रहयो ?


२०७४ बैशाख २५ गते जिल्ला खेलकुद बिकास समिती अछामका अध्यक्ष छविराज ढुगाना, कोषाध्यक्ष तपेन्द्र कुमार स्वार, मँगला विकास क्लबका अध्यक्ष गणेश बहादुर रावल, उपाध्यक्ष हिक्मत बहादुर रावलले सयुक्त रुपमा उदघाटन गर्नु भएको प्रतियोगिताको समापन तथा फाईनल खेल बैशाख ३१ गते भएको थियो । निर्धारित १५ ओभरको खेलमा रिडिकोटले पहिले ब्याटिग गरयो । ओपनर जनक धामि, टिकाराम पालको सानदार ब्याटिगका कारण १० ओभर सम्म रिडिकोट ओलिगाउ माथि निकै हाबि थियो । १० ओभरमा ६५ रन बनेको अबस्था पछी ओलिगाउले निकै कमब्याक गर्दै पारि धरासयि पार्दै १५ ओभरको खेलमा १४ ओभरमै ७७ रनमै समिती राख्यो । जसमा मगलाका गौरव खडकाले ५ विकेट लिएका थिए ।

अब जवाफी ओलिगाउको व्याटिगको कुरा गरौँ उतार चढाब हुदै ओलिगाउको पारि निकै धरमरायो घरेलु मैदान भएकाले एक समय सबै समर्थकलाई निकै निराश बनाई सकेको थियो । खेलको १२ ओभर सकिदा ५४ रन बनाएर ओलिगाउको ८ विकेट गईसकेको थियो । अब पुरा जिम्मेवारिका साथ २ जना बलर मुकेश कुवर र कमल रावल विच मैदानमा थिए । सायद २ व्याटसम्यान तथा खेलाडी दर्शकले ओलिगाउले खेल जित्ला भन्ने आशा नै गरेका थिएनन । १८ बलमा १८ रन आवश्यकता परेका बेला दुबै जनाले अतिरिक्त रन सिगल डबल गर्दै पारिलाई अगाडी बढाए कमल रावलले हिटिग ब्याटिग नगरेपनि विकेट भने बचाएका थिए । महेश कुवरले सानदार एक छक्का र एक चौका हान्दै १४ ओभर १ बलमै उपाधि जिताउन सफल भएका थिए । प्रतियोगिता अवधिभर फाईनलमा व्याटिगमा चम्केका महेश कुवर उत्कृष्ट बलर बन्दै प्रतियोगिता अवधिभर २१ विकेट लिएर म्यान अफ द सिरिज र गौरब खडका फाईनलमा ५ विकेट लिएका कारण म्यान अफ द म्याच घोषित भएका थिए । 


अन्तमा प्रतियोगिता सफल पार्न सहयोग गर्ने भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुन्ज कमप्युटर सेन्टर, पुस्प किराना पसल, अनुस्का किराना पसल, जनज्योति बोर्डिग स्कुल, मगला नेरा मावि ओलिगाउ, करणाली रिभर साईड लगाएत आर्थिक, भौतिक, सामाजिक तर्फ बाट धन्यवाद ब्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य