२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश बुँदे सहमतिपछि भरतपुरको मतगणना सुरु

२०७४, ६ जेष्ठ शनिबार ०७:१२

जेठ ६, चितवन । भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ ।

मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएपछि हिजो साँझ– ७ बजेदेखि रोकिएको मतगणना कार्य आज पाँच दलबीच १० बुँदे सहमति भएपछि बिहान १० बजेबाट पुनः सुरु गरिएको हो ।

सहमति अनुसार प्रमुख निर्वाचन अधिकृतले एकजना सूचना अधिकृत तोकी निजले एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषण गर्ने, मतगणनाका लागि आवश्यक जनशक्ति मात्र राख्ने, गणनास्थलमा दलको प्रमुख वा प्रतिनिधिको छुट्टै डेस्क राख्ने सहमति भएको छ । 

त्यसैगरी प्रत्येक समूहबाट आउने मतगणनाको परिणाम राजनीतिक दलका प्रतिनिधि रहेको डेस्कमा देखाएपछि सार्वजनिक र कम्प्युटर इन्ट्री गर्ने व्यवस्था गर्ने सहमति भएको छ । 

मतगणना तल र माथिका वडाबाट बढ्दो र घट्दो क्रममा गरिने सहमति भएको छ । वडा नं– १० को मतगणना हुँदैछ भने यसपछि २९नं– वडाको गणना गरिने छ । गणनास्थलमा कर्मचारी व्यवस्थित गराइने भएको छ भने मतपेटिका खोल्नु अघि सोमा के कति मत रहेको मुचुल्का छ त्यसको जानकारी गराउने, पूर्ण बदर मतको तथ्याङ्क सार्वजनिक गर्ने, मतगणना पारदर्शी र जवाफदेही बनाउने सहमति भएको छ । 

सर्वदलीय बैठकपछि जारी सहमतिपत्रमा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष कृष्णभक्त पोखरेल, माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल, राप्रपाका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना र राष्ट्रिय जनमोर्चाका भक्तिराम गौतमले हस्ताक्षर गर्नुभएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ