२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इन्द्रावती गाउँपालिकाका आठवटा वडाको मतपरिणाम घोषणा (कहाँ कसको जित ?)

७ जेष्ठ २०७४, आईतवार ०३:४९

जेठ ७, मेलम्ची | सिन्धुपाल्चोक जिल्लाको इन्द्रवती गाउँपालिकाको सम्पन्न मतगणनाअनुसार वडा नं १ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार श्री लामा ३३१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तिललाल तामाङले २९१ मत प्राप्त गर्नुभएको छ । 

वडा नं २ मा नेकपा (माओवादी केन्द्र)का वीरबहादुर तामाङ ३५६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण गिरीले ३१६ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ३ मा काँग्रेसका देवप्रसाद बानियाँ ३८५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका केदारबहादुर थापाले ३२१ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ४ मा काँग्रेसका जगतमान ताल्चाभडेल ६०३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमे लामाले ५०२ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ५ मा काँग्रेसका दुर्गाबहादुर तामाङ ५४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण तिमिल्सिनाले ५३९ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ६ मा एमालेका इन्द्रबहादुर तामाङ ५३८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अनुप न्यौपानेले ३९१ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ७ मा माओवादी केन्द्रका वीरबहादुर तामाङ ४७४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने एमालेका रामजी थापाले ४२९ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ८ मा काँग्रेसका धनबहादुर श्रेष्ठ ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका केदारनाथ आचार्यले ३२५ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी अहिलेसम्मको मत गणनाअनुसार अध्यक्षमा काँग्रेसका वंशलाल तामाङले तीन हजार ५९४, एमालेका झम्क नेपालले तीन हजार २०६, माओवादी केन्द्रका चिरञ्जीवी आचार्यले दुई हजार ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दइन्द्र ठकुरीले ६४० मत मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उपाध्यक्षमा काँग्रेसका मिरा अधिकारी लामाले तीन हजार ३२७, एमालेका सरस्वती अधिकारीले तीन हजार १६७, माओवादी केन्द्रका बिसमई तामाङले दुई हजार १२७ र राप्रपाका शर्मिला दनुवारले ७५५ मत प्राप्त गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य