2026-09-19 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘गैडाकोट नगरपालिकालाई ग्रिन स्मार्ट सिटी निर्माण अभियान सुरु’ – नवनिर्बाचित मेयर पौडल

राजन खरेल | जेठ ८, नवलपरासी । गैडाकोट नगरपालिकामा नगरसभाका मेयर, उपमेयर लगायत सदस्यले आज एक समारोहका बिच सपथग्रहण गरेका छन् । नगरपालिकाको परिसरमा आयोजित सभामा नव निर्बाचित मेयर छत्रराज पौडेल, उपमेयर विष्णु कुमारी कंडेल लगायत विजयी उम्मेदवारले ईश्वर देश र जनताको नाममा सपथ ग्रहण गरेका हुन् । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत एंब निर्बाचन अधिकृत शिब प्रसाद रिजालले नव निर्बाचित मेयर छत्रराज पौडेल, उपमेयर बिष्णु कुमारी कंडेल सहित १८ वटै वडाका वडाध्यक्षलाई सपथ ग्रहण गराउनुभएको थियो ।

यस्तै नव निर्बाीचत मेयर पौडेलले १८ वडाका वडासदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको छ ।   आजै नव निर्बाचित मेयर पौडेल र उपमेयरले आफ्नो पदभार समेत ग्रहण गर्नुभएको छ ।   कार्यक्रमका प्रमुख अतिथी, नवलपरासी क्षेत्र नम्बर ३ का साँसद कृष्ण प्रसाद पौडेलले गैडाकोटको बिकास र समृद्धि जनताको हातमा रहेको चर्चा गर्दै नगरपालिकाको बिकासका निम्ति सबै एक भई लाग्नुपर्ने आबश्यक्ता औल्याउनुभयो । कार्यक्रममा बिभिन्न संघ संस्था प्रमुख एंब प्रतिनिधी, सुरक्षा निकाय, संचार क्षेत्रका ब्यक्तित्वको सहभागीता रहेको थियो ।

यसैबिच नव निर्बाचित  मेयर छत्रराज पौडेलले सपथ ग्रहण पछि धारणा राख्दै जनताको मन जित्दै जनचाहना अनुरुप अघि बढ्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । उहाँले गैडाकोटमा अपाङ्ग  र ज्येष्ठ नागरिकलाई नगरपालिकाभित्र चल्ने नगर बसमा निशुल्क यात्रा ब्यबस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै नगरलाई नमुना योग्य, हरियाली शहरको अबधारणा अनुसार बिकास गर्ने, ग्रामिण क्षेत्रमा सोलार बत्तिको ब्यबस्था, वडाबाटै सरल, सहज तबरबाट वडाबासीलाई सेबा प्रदान गर्न आजै बाट अभियान सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नव निर्बाचित प्रमुख पौडेलले नगरलाई समुन्नत र समृद्ध बनाउन नगरपालिका भित्रका सबैपक्ष संग सहकार्य एंब हातेमालो गर्दै अघाडी बढ्ने बिश्वास ब्यक्त गर्नुभयो । यस्तै नगर प्रमुख पौडेलले आजैका दिन देखि  नियमित रुपमा बिभिन्न कार्यक्रमलाई अघि बढाउन सुरु गर्नुभएको छ । सो अनुरुप पदबहाली भएको पहिलो दिन आज उहाँले नगरका बिभिन्न वडाको समस्या पहिचानका लागी वडा अबलोकन सूरु गर्नूभएको छ ।

यस्तै सभारोहमा नव निर्बाचित  उपमेयर बिष्णु कुमारी कंडेलले नगरभित्रका दलित, महिला, जनजाती लगायत सबै पक्षको हितमा आफुले समेत पहल गर्नै प्रतिबद्धता जनाउनुभएको छ । नगरबासीलाई छिटो छरितो र प्रभाबाकारी सेबा दिन आफुहरु सदैब लाग्ने कंडेलले प्रतिबद्धता दोहोर्याउनुभएको थियो ।

स्थानिय तह निर्बाचन पछि नवलपुर अन्र्तगतको गैडाकोट नगरपालिकामा ७० वर्षलामो कांग्रेशको बिरासत तोड्दै बामपन्थी धारका लोकप्रिय उम्मेदवार नगर प्रमुख भएसंगै उहँलाई बधाई दिनेको आईरो नै लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो