Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

लेगुवा–भोजपुर सडक कालोपत्र गर्ने काम तीव्र

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ९, भोजपुर | ६६ किलोमिटर लेगुवा–भोजपुर सडकखण्डमा कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ ।

सडक कालोपत्रे भएपछि राष्ट्रिय सडक सञ्जालमा जोडिएको भोजपुरमा यातायात सहज हुने भएको हो । हाल जरायोटारको सिमटारदेखि लेगुवातर्फ पाँच किलोमिटर क्षेत्रमा कालोपत्रे भइसकेको छ ।

सडकलाई गुणस्तरीय र मापदण्डअनुसारको बनाउन लेगुवाघाट–भोजपुर सडक योजनाले पनि तीव्ररुपमा काम अगाडि बढाएको जनाएको छ । लेगुवा–भोजपुर सडक योजनाका प्रमुख विजय महतोका अनुसार यसबर्ष आगामी माघ १ गतेसम्म ३० किलोमिटर कालोपत्रे गरिसक्ने तयारी छ ।

सम्झौता अनुसार सडकको काम २०७४ साल माघ १ गतेसम्ममा सम्पन्न गर्नुपर्नेछ । सडक कालोपत्रे हुन थालेपछि स्थानीय भने हर्षित भएका छन् । सडक निर्माणको जिम्मा संयुक्तरुपमा टेन्जिङ, रमन र कन्काई कम्पनीले लिएको छ । सडक एशियाली विकास बैंकको रु ९९ करोड ४४ लाख ६७ हजार ५०० लगानीमा निर्माण भइरहेको छ ।

कालोपत्रे भएपछि धनकुटा, धरान, सङ्खुवासभा, मोरङ, सुनसरी, झापालगायतका जिल्लामा भोजपुरको सहज सम्पर्क हुनुका साथै व्यापार व्यवसाय सहज हुनेमा भोजपुरवासी आशावादी भएका छन् । रासस