सलिम अन्सारी | जेठ ९, प्युठान | नेकपा एमालेका कार्यकर्ताले पार्टी जिल्ला नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिएका छन। सोमबार राष्टिय जनमोर्चासँग भएको चुनावी समिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी | जेठ ९, प्युठान | नेकपा एमालेका कार्यकर्ताले पार्टी जिल्ला नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिएका छन। सोमबार राष्टिय जनमोर्चासँग भएको चुनावी समिक"/>

2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले नेतृत्वलाई २४ घण्टे अल्टिमेटम, तालमेल खारेजको माग


सलिम अन्सारी | जेठ ९, प्युठान | नेकपा एमालेका कार्यकर्ताले पार्टी जिल्ला नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिएका छन। सोमबार राष्टिय जनमोर्चासँग भएको चुनावी समिकरण फिर्ता गर्नुपर्ने माग गर्दै उनीहरुले अल्टिमेटम दिएका हुन । यदि पार्टिले तालमेलको निर्णय खारेज नगरे पार्टि बिरुद्ध शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।

सोमबार नेकपा एमाले र राष्टिय जनमोर्चाका जिल्ला अध्यक्षहरुले संयक्त रुपमा हस्ताक्षर गरी  स्थानिय तहको निर्वाचनका लागी दुइ दल एक भएको जानकारी गराएका थिए। विरोध कार्यक्रममा स्वगद्वारी नगरपालिकाकाका नगरकमिटी संयोजक हिरामणी भण्डारीले कार्यकर्ताको भावना विपरित पार्टि नेतृत्वले गरेको तालमेलको निर्णय  कुनै पनी हालतमा मान्य नहुने बताउनुभयो । नेतृत्वले तुरुन्त निर्णय नसच्चाए कार्यकर्ताले नछोडने र पार्टिको सँगठित सदस्यबाट समेत राजिनामा दिइने उहाँको भनाइ छ । 

कार्यकर्तासगँ सल्लाह नै नगरी नेतृत्वले एकलौटि तालमेलको सहमती गरेको उहाँको आरोप छ।

तालमेलको खवर पाएपछी सदरमुकाम पुगेका सयौ एमाले स्वर्गद्वारी नगर कमिटिका नेता तथा कार्यकर्ताहरुलेसमिकरण चाहीदैन, स्वगद्वारी नगरपालिकामा तालमेलको आवश्यकता पर्दैन, गिलास सँग सुर्य साटिन्न जस्ता नाराहरु लगाउँदै पार्टी कार्यालय घेराउ गरेका थिए । दुइ दलका बिचमा भएको सहमती अनुसार २ नगरपालिका प्यूठान नगरपालिकामा नेकपा एमाले र स्वगद्वारी नगरपालिकामा राजमोलाई मेयरदिने सहमती भएको थियो ।

त्यसैगरी मल्लरानी झिमु्रक र ऐरावती गाउँपालिका राजमोलाई र सरुमारानी, नौबहिनी माण्डवी र गौमुखी गाउँपालिका एमालेलाई दिने सहमती भएको छ । चुनावी तालमेल अहिलेको अबस्थामा जरुरी नभएको भन्दै राजमोका कार्यकर्ताले समेत असन्तुष्टी व्यक्त गरेका छन । उनीहरुले तालमेल आवश्यक नभएको भन्दै सहमती फिर्ता लिएर एकल प्रतिस्प्रधामा जान आ आफ्ना जिल्ला नेतृत्वलाई दबाव दिइरहेका छन ।  

यता एमाले समर्थित कार्यकर्ताहरुले पनी एमालेले मसालसँग तालमेल गरेर ठूलो गल्ति गरेको ठहर गर्दै  चामलसँग पिठो साँटेको सँज्ञा दिएका छन।

चुनाबी समिकरणको बिज्ञप्ती सार्बजनिक भएसँगै सामाजिक सँजाल मार्फत दुइ दलका कार्यकर्ताका ब्यापक  असन्तुष्टि बाहिर आएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई