जेठ ११, काठमाडौँ | अधिक मात्रामा वस्तु आयात र श्रमिक मात्र निर्यातले कमजोर बनेको नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने ठानिएको ‘एकक्षेत्र एकमार्ग’ अवधारणा शीघ्र कार्यान्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, काठमाडौँ | अधिक मात्रामा वस्तु आयात र श्रमिक मात्र निर्यातले कमजोर बनेको नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने ठानिएको ‘एकक्षेत्र एकमार्ग’ अवधारणा शीघ्र कार्यान्व"/>
८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“ओबोर कार्यान्वयन भएको हेर्न नेपाली आतुर छन्”

११ जेष्ठ २०७४, बिहीबार ११:५९

जेठ ११, काठमाडौँ | अधिक मात्रामा वस्तु आयात र श्रमिक मात्र निर्यातले कमजोर बनेको नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने ठानिएको ‘एकक्षेत्र एकमार्ग’ अवधारणा शीघ्र कार्यान्वयन भएको नेपाली जनताले हेर्न चाहेका छन् । 

नेपाल विश्व सम्बन्ध परिषद्ले यहाँ आज आयोजना गरेको ‘जनस्तरको सम्बन्ध प्रवद्र्धनः एकक्षेत्र एकमार्गको पहल’ विषयक छलफल कार्यक्रममा मुलुकका विद्वत् वर्गले नेपाली जनताको त्यस्तो चाहना व्यक्त गरेका हुन् । 

हालै नेपाल सरकारले ‘एकक्षेत्र एकमार्ग’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको र त्यसमा उल्लिखित विषय शीघ्रातिशीघ्र कार्यान्वयन होउन् भन्ने आम नेपालीको चाहना रहेको बताउँदै उनीहरूले त्यसबाट रेलमार्ग तथा सडक निर्माण, लगानी वृद्धि तथा व्यापार–वाणिज्य क्षेत्रको प्रवद्र्धन हुने नेपाल र नेपालीको अपेक्षा रहेको बताए । 

परिषद्का अध्यक्ष हेमन्त खरेलले जति चाँडो चीनसँग सम्पर्क विस्तार हुन्छ त्यति नै चाँडो नेपालको आर्थिक विकासका अवसर सिर्जना हुन्छन् भन्दै नेपाल र चीनबीचको मैत्री तथा समझदारीलाई अझ सुदृढ तुल्याउने एकक्षेत्र एकमार्ग अवधारणाले शीघ्र मूर्तरुप पाउनुपर्ने बताउनुभयो । 

अन्तर्राष्ट्रिय समझदारीका लागि चिनियाँ सङ्घका उपाध्यक्ष लि ह्वाङचाइले नेपालले अवलम्बन गरेको एकचीन नीतिको मुक्तकण्ठले प्रशंसा गर्दै चीनको चाहना नेपालमा शान्ति, समृद्धि र विकास सुनिश्चित होस् भन्ने हो भन्नुभयो । 

“एकक्षेत्र एकमार्ग” पूर्वाधार विकास र आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने माध्यम मात्र नभइ राष्ट्र–राष्ट्रबीच पारस्परिक समझदारी अभिवृद्धि गर्ने सेतुसमेत भएको उहाँले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित