2026-07-28 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७ नम्बर वडाले रेणुलाई साथ दिन थालेपछि भरतपुरको मतान्तर फेरी घट्यो

जेठ १३, चितवन | भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेद्वार रेणु दाहालले वडा नम्बर १७ गन्न थालेपछि फेरि मतान्तरमा सुधार गरेकी छन् ।

यसअघि केही वडामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता बढाउँदै लगेपनि फेरि १७ नम्बर वडामा आएपछि रेणुले अग्रता छोट्याउन थालेकी हुन् । बिहीबारसम्म देवीको अग्रता घट्दै गएको थियो शुक्रबारबाट अग्रता फेरि बढाएका देवीका लागि रेणुले १७ वडाबाट आफ्नो पकड देखाउन थालेकी छन् ।

यसअघि वडा नम्बर २३ को मत गणना भइसक्दा देवी ज्ञवाली माओवादी केन्द्रका मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १८ सय २० मतले अघि थिए । लगत्तै लगना भएको १७ वडाबाट रेणुले मतान्तर छोट्याइन् । उक्त वडामा कुल खसेको ३० हजार ८७ मत मध्ये अहिलेसम्म ११९६ मत गनिएको छ ।

पछिल्लो मत गणना अनुसार एमालेका उम्मेदवार देवी ज्ञवालीले ३६,९५८ मत प्राप्त गरेका छन् भने कांग्रेस-माओवादी गठबन्धनकि उम्मेदवार रेणु दाहालले ३५,३०१ मत प्राप्त गरेकी छन् । यसरी उनीहरुको मतको अन्तर १७ नम्बर वडाको प्रारम्भिक मत गणना हुँदै गर्दा मतान्तर घटेर १६५७ मा भएको छ ।

त्यस्तै उपमेयर पदका लागि काङ्ग्रेस-माओवादि गठबन्धनकि उम्मेदवार पार्वती शाहले ३८,९९४ मत ल्याउन सफल भएकी छन् भने एमाल्लेकी उम्मेदवार दिव्या शर्माले ३३,६३६ मत प्राप्त गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ