जेठ १३, जनकपुरधाम | एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, जनकपुरधाम | एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको "/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरमा कामको समन्वय नहुँदा जनतालाई सास्ती

१३ जेष्ठ २०७४, शनिबार ०३:५७

जेठ १३, जनकपुरधाम | एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ । 

आयोजनााले समन्वय गरी काम नगर्दा टेलिफोनको अप्टिकल फाइवरलाई क्षति पुर्याई डेढ हजार जनालाई सञ्चारविहीन बनाएको र बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अवस्था सिर्जना भएको छ । नेपाल टेलिकम जनकपुर कार्यालय प्रमुख नारायण काफ्ले आयोजनाले अर्बौंको क्षति पुर्याएका कारण कार्यालयबाट मर्मत कार्य सम्भव छैन भन्नुहुन्छ । 

“प्रजिअ र आयोजना प्रमुखलाई क्षतिबारे ध्यानाकर्षण गराउँदा सकारात्मक पहल नहुँदा मर्मतको सम्भावना क्षीण हुँदै गएको जानकारी दिइएको छ” उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीले यो समस्यालाई गम्भीरतापूर्वक नलिएका कारण मर्मत अनिश्चित बनेको छ ।” 

यसैबीच टेलिकमका कर्मचारी र कार्यालय प्रमुखबीच मर्मतका बारेमा विवादसमेत सिर्जना भएको छ । आयोजनाले खानेपानीका पाइपलाई क्षति पुर्याई हजारौँ ग्राहकलाई खानेपानीबाट वञ्चित गराएको छ । खानेपानीको पाइपमा भएको क्षतिले सडकमा पानी खेर गइरहेको छ भने ग्राहक पानीका लागि विभिन्न विकल्प प्रयोग गर्न बाध्य देखिएका छन् । 

तापक्रम वृद्धिसँगै कल र इनारका पानी पनि सुकेकाले बजारबाट पानी किनेर दैनिकी चलाइरहेको विद्यापति चोकका महेश मिश्रले बताउनुभयो । 

त्यस्तै नाला निर्माणका लागि प्रयोग गरिएको ह्युम पाइपमा पुरानो नाला नजोडिएका कारण पुरानो नालाको बहाव बन्द भई व्यक्तिको घर र कार्यालय परिसरमा नालाको पानी पसेको छ । समन्वयको अभाव विद्युत्का खम्बा सार्नेमा पनि देखिएको छ । आयोजनाले व्यवस्थित ढङ्गले कार्य सम्पादनमा ध्यान नदिँदा विद्युत् आपूर्तिमा अनियमितता उन्पन्न भएको बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य