2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रुपन्देहीमा तेस्रोलिङ्गीद्वारा उम्मेदवारी घोषणा

जेठ १३, तिलोत्तमा (रुपन्देही) | यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जिल्लाका तीन तेस्रोलिङ्गीले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र देवदह नगरपालिकाका विभिन्न वडामा तेस्रोलिङ्गीले उम्मेदवारी दिनेछन् । नीलहिरा समाजको आयोजनामा शुक्रबार बुटवलमा भएको पत्रकार सम्मेलनमा वडा सदस्यमा बुटवल–८मा सन्तु पुन, तिलोत्तमा–८ मा आनिक राना र देवदह–१० मा विपुल बस्नेतले उम्मेदारी दिने निर्णय भएको जानकारी गराइएको छ । 

रुपन्देहीमा संविधानसभाको चुनावमा समेत उम्मेदवार बनेका आनिक राना र सन्तु पुनले ठूला दलले आफूहरुलाई ठाउँ नदिएकाले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी भएको बताउनुभयो । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य यज्ञ पोखरेलले तीनै जनालाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको बताउनुभयो । 

तिलोत्तमा–८मा वडा सदस्यका उम्मेदवार रानाले स्थानीय निकायमा तेस्रोलिङ्गीको अधिकार कागजमा लेखिए पनि व्यावहारिक व्यवस्था गर्नका लागि आफूहरुले उम्मेदवारी दिने बताउनुभयो । 

यसअघि नेपाल जनमुक्ति पार्टीमा आबद्ध रानाले संविधानसभाको चुनावमा रुपन्देही –३ बाट प्रतिप्रस्पर्धा गर्नुभएको थियो । यस्तै स्वतन्त्र रुपमा रुपन्देही–४ मा पुनले पनि संविधानसभाको सदस्यमा चुनाव लड्नुभएको थियो । हाल रुपन्देहीमा तेस्रोलिङ्गी र समलिङ्गीको सङ्ख्या करिब छ हजार रहेको समाजको जिकिर छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई