जेठ १३, भक्तपुर | भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको शुक्रबारस्थलगत निरीक्षण गर्नुभएको छ । 

हनुमन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, भक्तपुर | भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको शुक्रबारस्थलगत निरीक्षण गर्नुभएको छ । 

हनुमन्त"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरको हनुमन्तेमा विस्तारित ढलको स्थलगत निरीक्षण

२०७४, १३ जेष्ठ शनिबार ०४:०२

जेठ १३, भक्तपुर | भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको शुक्रबारस्थलगत निरीक्षण गर्नुभएको छ । 

हनुमन्ते खोला सफाइ परियोजनाअन्तर्गत हनुमन्ते खोला किनारमा विस्तार भइरहेको ढलको पाइप सानो भएको जनगुनासो आएपछि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा उपप्रमुख रजनी जोशी, नगरपालिकाका कर्मचारी र परियोजनाका अधिकारीको संयुक्त टोलीले ढलको स्थलगत निरीक्षण गरेको हो । 

स्थलगत निरीक्षणका क्रममा ढलका लागि प्रयोग गरिएको ह्युम पाइप १६ इन्चको मात्र भएकाले ढलको व्यवस्थापनमा समस्या आउन सक्नेमा नगरप्रमुखलगायत जनप्रतिनिधिले चासो राख्नुभएको थियो । त्यस्तै खोला किनारमा निर्माण गरिएको पर्खालले खोला साँगुरो भएको गुनासो समेत व्यक्त गरिएको थियो । 

परियोजना कार्यान्वयन विभाग (पिआइडी)का इ किशोर पन्थीले वर्षात्को पानी र फोहर पानीका लागि छुट्टै व्यवस्था गर्नुपर्ने भएकाले पाइप सानो राखिएको जानकारी दिनुभयो । स्थलगत निरीक्षणका क्रममा पाइप सानो हुने देखिएको बताउँदै उहाँले वर्षात्को पानी र फोहर ढलको पानी व्यवस्थापनका लागि थप अध्ययनको आवश्यक महसुस भएको जानकारी दिनुभयो । 

स्थलगत निरीक्षणपछि नगर प्रमुख प्रजापतिले नगरका जनप्रतिनिधि, प्राविधिक टोली र अन्य सम्बन्धित निकायलाई आमन्त्रण गरी संयुक्त बैठक आयोजना गरेर फोहर ढल व्यवस्थापन र खोला सफा गरी नगरलाई स्वच्छ र सफा बनाउनेबारे छलफल गरिने बताउनुभयो । 

यसअघि गत बुधबार नगर प्रमुख प्रजापतिले हनुमन्ते खोलामा विस्तार भइरहेको सो ढलको विषयमा परियोजनाका अधिकारीसँग छलफल गर्नुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ