मोहम्मद ईजहार शेष | जेष्ठ १३, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला एक हप्ता नबित्दै ढलेको छ । कमसल र मापदण्ड बिपरीत निर्माण गरीए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष | जेष्ठ १३, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला एक हप्ता नबित्दै ढलेको छ । कमसल र मापदण्ड बिपरीत निर्माण गरीए"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मापदण्ड बिपरीत बन्दै र ढल्दै रमपुरंवामा ढलनिकास

२०७४, १३ जेष्ठ शनिबार १५:०९


मोहम्मद ईजहार शेष | जेष्ठ १३, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला एक हप्ता नबित्दै ढलेको छ । कमसल र मापदण्ड बिपरीत निर्माण गरीएको नाला हिजो आएको सामान्य हावाहुरी र पानीले ढलेको हो । 

निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने रमपुरवांवाट भारतको सिमाना देखि उक्त बाटो  महेशपुरमा जाडिएको छ । ढल  निकासका लागि निर्माण गरीएको नाला एक हप्दा नबित्दै ढलेपछि स्थानीय आक्रोषित बनेका छन् । बाटो छेउमा निर्माण भईरहेको उक्त नाला एक तर्फ एक हप्ता अघिनै निर्माण भई पलास्टर समेत भईसकेको थियो भने बाटोको अर्को तर्फ अहिले नाला निर्माण भईरहेको छ । निर्माण गर्दा सिमेन्ट र बालुवाको मिश्रण १ र ४ को अनुपातमा गर्नु पर्ने भएपनि १—८ र १—१० सम्मको अनुपातमा निर्माण गरी भ्रष्टचार गर्ने नियतले निर्माण गरीएको हुँदा नालाहरु ढलेको स्थानीयले आरोप लगाएका छन् । उक्त नाला दुई ठाँउमा गरी करीब ३० मिटरसम्म ढलेको छ । करीब ११ लाखको लागतमा २०७३ चैत्र २६ गतेवाट सुरु भएको बाटो ग्रेभेल तथा ढल निकास निर्माण कार्यक्रम २०७४ असाढ १५ सम्म भ्याउनु पर्ने भएकाले हतार हतारमा निर्माण काम हुदै आएको छ । 

यता सडक ग्रेभेल तथा नाला निर्माण समितिका अध्यक्ष गँगा यादवले आफुलाई जानकारीनै नदिई निर्माण समितिको अध्यक्ष बनाईएको र निर्माण काममा पनि अध्यक्षको केही नचलेका भन्दै आफ्नो गल्ती नभएको बताएका छन् । निर्माण समितिका अध्यक्ष यादव साविक रमपुरवां गाविसमा कार्यालय सहयोगिको रुपमा कार्यरत रहेका थिए । यादवले आफुलाई गाविस सविच र निवर्तमान गाविस अध्यक्षकोे डिजाईनमा अध्यक्ष बनाईएपनि निर्माण काममा आफ्नो संलग्नता नरहेको र रमपुरवाका स्थानीय नेताहरुकै अनुसार निर्माण भईरहेको यादवले फोन मार्फत बताउनु भयो । यसरी नवलपरासीमा निर्माण समिति, ओभरसीयर र सम्बन्धित कार्यालयकै मिलोमत्तोमा अधिकांस सरकारी भौतिक निर्माण कार्यहरु निर्माण भएको पाईन्छ भने त्यस्ता भौतिक संरचनाहरु केही दिनमै भत्कीने र बर्बाद हुने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ