जेठ १४, काठमाडौं । भरतपुर महानगरपालिकामा मतगणनाको क्रम जारी रहँदा मेयरका प्रमुख दुई प्रत्यासी एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल मध्ये १९ नम्बर वडामा रेणुले अग्रता लिएकी छन् ।
अग्रता सँगै उनले देवीसँगको मतान्तर पनि घटाइरहेकी छन् । १९ नम्बर वडामा देवी र रेणु बीचको मतान्तर अब ७५५ मा झरेको छ ।
देवीको पक्षमा ४१ हजार ४२१ मत खसेको छ भने रेणुको पक्षमा ४० हजार ६६६ मत खसेको छ ।
एमालेले १९ नम्बर वडामा एमालेकै जित हुने दावी गरेको छ । तर मत परिणाम भने गठबन्धनकै पक्षमा देखिएको छ ।
महानगरमा जितको लागि दुवै उम्मेदवारले दावी गरिरहँदा पासो कता पल्टन्छ भन्न गाह्रो छ । महानगरको १९ वडामा २८६० र २० नम्बर वडामा ३३०२ गरी अब ६ हजार १६२ भोट रहेको छ ।