प्रज्वल पाैडेल । जेठ १६, काठमाडौं | सरकारले रामेछाप जिल्लामा ८ स्थानीय तहको लागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । साेमबार गणतन्त्र दिवसकाे दिन अर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । जेठ १६, काठमाडौं | सरकारले रामेछाप जिल्लामा ८ स्थानीय तहको लागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । साेमबार गणतन्त्र दिवसकाे दिन अर्"/>
२०८२, ३ फाल्गुन आईतवार
अर्थ/विकास

रामेछापमा २ अर्ब ४१ करोड बजेट विनियोजन (कुन स्थानीय तहमा कति रकम ?)

२०७४, १६ जेष्ठ मंगलवार ०२:५५

प्रज्वल पाैडेल । जेठ १६, काठमाडौं | सरकारले रामेछाप जिल्लामा ८ स्थानीय तहको लागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । साेमबार गणतन्त्र दिवसकाे दिन अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४/०७५ को लागि व्यबस्थापिका संसदमा बजेट प्रस्तुत गर्नुभएको हाे। सरकारले स्थानीय तहको संरचना अनुसार सबैभन्दा बढी मन्थली नगरपालिका र सबै भन्दा कम सुनापति गाउँपालिकामा विनियोजन गरेकाे छ ।

सरकारले वित्तीय समानीकरण र सशर्त अनुदान गरि दुई शिर्षकमा बजेट छुट्टाएकाे जनाएकाे छ ।
रामेछाप जिल्लाका ८ स्थानीय तहकाे जम्मा बजेट विनियोजन यस्ताे छ ।
१. मन्थली नगरपालिका – ४९ करोड ५५ लाख २९ हजार
२. रामेछाप नगरपालिका- ३४ करोड ३३ लाख ३७ हजार
३.उमाकुण्ड गाउँपालिका – २४ करोड ४०लाख ३० हजार
४.गोकुलगंगा गाउँपालिका- २४ करोड २२लाख ७८ हजार
५.दोरम्बा गाउँपालिका – २६ करोड ९ लाख ४ हजार
६. लिखु गाउँपालिका – २७ करोड ६३ लाख ७२ हजार
७. सुनापति गाउँपालिका – २२ करोड ८१ लाख ३ हजार
८. खाँडादेवी गाउँपालिकामा -३२ करोड ३२ लाख ५ हजार

स्थानीय तहको निर्वाचनको बीचमा प्रस्तुत भएको बजेटमा नयाँ नीति तथा कार्यक्रम भने आएकाे छैन । नयाँ कार्यक्रम ल्याउन नपाएको सरकारले राष्ट्रिय गौरवका आयोजनामा पर्याप्त रकम विनियोजन गरेको छ ।

 स्थानीय तहको पुनः संरचना भई स्थानीय तहका ७४४ एकाइ बनेको र तीमध्ये २८३ एकाइमा भर्खरै निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यभार लिइसकेको तथा बाँकी ४६१ एकाइ पनि आगामी दुई सातामा जनप्रतिनिधि आइसक्ने सुनिश्चित भइसकेको अवस्थामा बजेटले स्थानीय तहलाई साधन र स्रोत सम्पन्न बनाएको छ । यस हिसाबमा सोमबार प्रस्तुत भएको बजेट सङ्घीयता कार्यान्वयनको कोशेढुङ्गा बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ