२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा सहभागी हुन राजपा तयार

१८ जेष्ठ २०७४, बिहीबार ०१:३८

जेठ १८, काठमाडौं | राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनलगत्तै संविधान संशोधनमा प्रतिबद्धता जनाए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको छ। 

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन गर्ने सहमति जनाइसकेको भन्दै उसले निर्वाचनमा जानुअघि प्रतिपक्षी दल एमालेको प्रतिबद्धता खोजेको हो।

‘सत्तारूढ दल संविधान संशोधनमा प्रतिबद्ध छन्। अब एमालेले पनि प्रतिबद्धता जनाए संशोधनलाई थाती राख्दै निर्वाचनमा सहभागी हुन सकिन्छ,’ आन्दोलनरत संघीय गठबन्धनमा आबद्ध राजपा नेपालका एक शीर्ष नेताले भने।

यद्यपि राजपाले निर्वाचनअघि जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने, दल दर्ता, चुनाव चिह्न, आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग भने यथावत् नै रहने जनाएको छ।

एमालेले भने राजपाबाट संविधान संशोधनमा त्यस्तो लिखित प्रतिबद्धताको प्रस्ताव नआएको जनाएको छ। एमाले नेता सुवास नेम्वाङले राजपासहित अन्य दलका बीचमा छलफल हुँदा निर्वाचनपछि संशोधनमा छलफल गर्न सकिने बताउँदै आएको जनाएका छन्।

‘विभिन्न दलका बीचमा छलफल हुँदा हामीले निर्वाचनपछि संशोधनको विषयमा छलफल गर्न सक्ने बताउँदै आएका छौं,’ नेम्वाङले भने, ‘लिखित नै प्रतिबद्धता गर्नुपर्ने प्रस्ताव अहिलेसम्म आएको छैन।’

निर्वाचन अघि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने विषयमा एमालेले सहमति जनाउन नसक्ने उनको भनाइ छ। उनका अनुसार निर्वाचन घोषणा भई एक चरण सम्पन्नसमेत भएको अवस्थामा तत्काल राजपा लगायतका मधेसकेन्द्रित दलले उठाएका संविधान संशोधन र तह थपका मागमा सहमति जनाउन नसकिए पनि निर्वाचनपछि भने छलफल गरी निष्कर्ष दिन एमाले तयार रहेको उनको भनाइ छ।

तर राजपा नेताहरू भने निर्वाचनअघि नै जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण हुनुपर्ने अडानमा छ। निर्वाचनविरोधी नभए पनि माग पूरा नभएसम्म निर्वाचनमा सहभागी हुनुको औचित्य नहुने बताउँदै आएको राजपाले निर्वाचनलगत्तै संविधान संशोधन हुने प्रतिबद्धता ठूला दलबाट आए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको हो।

संघीय गठबन्धन र मधेसी मोर्चामा रहेर सँगै आन्दोलन गर्दै आएको संघीय समाजवादी फोरम नेपाल संशोधनलाई थाती राख्दै निर्वाचनमा सहभागी भएपछि जनस्तरबाट बढेको दबाबका कारण राजपाले पनि संशोधनलाई थाती राख्दै निर्वाचनमा सहभागी हुने निष्कर्षमा पुग्नुपरेको राजपाका अर्का एक नेता बताउँछन्। ‘हामीले निर्णय नै त गरेका छैनौं, तर प्रतिबद्धता आए निर्वाचनमा सहभागी नहुने भन्ने कुरा हँुदैन,’ ती नेता भन्छन्।

संविधान संशोधनमा एमालेको लिखित प्रतिबद्धता र अन्य माग पूरा गराउन राजपा नेपाल आफ्नो पूर्वघोषित १८ र १९ जेठमा मधेस, थारुहट, लिम्बुवान बन्द कार्यक्रम फिर्ता लिँदै ‘नरम’ खालको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

राजपा नेपालको बिजुलीबजारस्थित कार्यालयमा बुधबार बसेको बैठकले पूर्वघोषित बन्द कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो। यद्यपि, आन्दोलनका अन्य कार्यक्रम जारी नै रहने राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बताएका छन्।

राजपा नेपाल सहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय तहको निर्वाचन १४ असारमा गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। साथै उनीहरूले यसबीचमा सरकारले आफ्ना माग सम्बोधन गरेर निर्वाचनको वातावरण बनाए निर्वाचनमा सहभागी हुने जनाएका छन्।

राजपासहितको गठबन्धनले माग पूरा गराउन दबाबस्वरूप आन्दोलनका कार्यक्रम भने जारी राख्ने भएका छन्। जसअन्र्तगत १८ देखि २१ जेठसम्म प्रत्येक गाउँ, टोल, वडा, गाउँपालिका, नगरपालिका स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने र गठित समितिबारे जिल्ला अध्यक्ष मण्डलको संयोजकलाई जानकारी पठाउनुपर्ने कार्यक्रम तय भएको छ।

२२ जेठमा सबै गाउँ, टोल, वडामा आन्दोलन परिचालन समितिको बैठक र अन्तक्र्रिया गरी आन्दोलन सफल बनाउन रणनीति बनाउने निर्णय गठबन्धनले सार्वजनिक गरेको छ।

२३ जेठमा सबै गाउँपालिका र नगरपालिकाको आन्दोलन परिचालन समितिको बैठक तथा अन्तक्र्रिया गर्ने र गाउँ, टोल र वडाबाट बनाइएको कार्यक्रम समेतलाई दृष्टिगत गरी अर्को चरणको आन्दोलनको सशक्त र ठोस कार्यक्रम बनाउने आन्दोलनका नयाँ कार्यक्रममा उल्लेख छ।

२४ गते सबै गाउँपालिका एवं नगरपालिकाको कुनै एक स्थानमा विरोध सभाको आयोजना गर्ने, २५ गते मधेस, थरुहट, लिम्बुवानमा दुई घण्टा चक्काजाम गर्ने गठबन्धनले जनाएको छ। – राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय