जेठ २५, रुकुम | भुमे गाउँपालिका–४ कि कमला बुढालाई बिहानदेखि साँझसम्मै अल्लोको धागो उत्पादन गर्ने र कपडा बनाउने कामको सधैँ चटारो हुन्छ । 

आफ्नो कुनै पेसा नहुँदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २५, रुकुम | भुमे गाउँपालिका–४ कि कमला बुढालाई बिहानदेखि साँझसम्मै अल्लोको धागो उत्पादन गर्ने र कपडा बनाउने कामको सधैँ चटारो हुन्छ । 

आफ्नो कुनै पेसा नहुँदा"/>

2026-09-14 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अल्लोको कपडा उत्पादनबाट सक्षम बन्दै रुकुमका महिला

जेठ २५, रुकुम | भुमे गाउँपालिका–४ कि कमला बुढालाई बिहानदेखि साँझसम्मै अल्लोको धागो उत्पादन गर्ने र कपडा बनाउने कामको सधैँ चटारो हुन्छ । 

आफ्नो कुनै पेसा नहुँदा दिनभर फुर्सदमा हुने उहाँलाई यो चटारोले छोएको करिब दुई वर्ष भयो । अल्लोको धागो उत्पादनको कच्चा पदार्थको जोहो गर्ने, धागो बनाउने र कपडा बुन्ने काममा उहाँ दैनिकजसो व्यस्त हुनुहुन्छ । 

भुमे गाउँपालिका–४ स्थित तल्लो साकिममा रहेको झुङलुङ सामुदायिक वनमा पाइने अल्लोको उपयोग गरी यहाँका महिलाले अल्लोको धागो तथा कपडा बनाउने उद्योग स्थापना गरेपछि उद्योगमा कार्यरत सातजना महिलालाई भ्याइनभ्याइ छ । 

उद्योगमार्फत महिलाले राम्रो रोजगारी पाएका मात्र छैनन् समाजमा उदाहरणीय समेत बन्दै गइरहेका छन् । अहिले जिल्लामा अल्लोको कपडाको मूल्य प्रतिमिटर रु ८०० छ भने धागो किलोको रु एक हजार २०० मा बिक्री हुने गरेको छ । उद्योगमार्फत वन समूहमा आबद्ध सातजना महिलाले नियमित रोजगारी पाइरहनुभएको छ । 

उद्योग तथा वन समूहकी अध्यक्ष पनि रहेकी बुढा उद्योगमार्फत आत्मसम्मानमा वृद्धि हुने, रोजगारी सिर्जना हुने र जीविकोपार्जनमा सहयोग भएको बताउनुहुन्छ । उहाँहरुका अनुसार मासिक रु दशहजारदेखि २० हजारसम्म रकम आम्दानी हुने गरेको छ । छोटो समयमा नै उद्योगले राम्रो प्रगति गरेकाले यसैलाई नै पेसा बनाएको बुढाले बताउनुभयो । 

उत्पादित धागो स्थानीय बजारमा मात्र पठाउन सकिएको उहाँको भनाइ छ । अल्लोको कपडा र धागोको माग मुलुकका ठूला सहर र सदरमुकाममा भएपनि मागअनुसार पूर्ति गर्न नसकिएको उहाँको भनाइ छ । कच्चा पदार्थ प्रशस्त मात्रामा वनमै पाइने भएकाले पनि उद्योगलाई समस्या नभएको बुढाको भनाइ छ । 

जिल्ला वन कार्यालय र बहुसरोकारवाला वन कार्यक्रम रुपान्तरण नेपालले उद्योग सञ्चालनका लागि महिलालाई निःशुल्क तालिम र दुईवटा तान निःशुल्क प्रदान गरेको थियो । 

तालिम र उद्योगको लागि चाहिने सामग्री पाएपछि आफूहरुको आत्मविश्वास बढेको र उद्योग सञ्चालन गर्ने जाँगर पलाएको बुढाको भनाइ छ । दुईवटा मेसिनले उत्पादन गरेको सामग्रीले माग धान्न गाह्रो परिरहेकाले थप तान थपी उद्योगलाई अझ ठूलो लगानी र क्षमताको बनाउँदै लैजाने योजना महिलाको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ