2026-09-19 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीका मतदाताको दुखेसो- भोट माग्नेले मत हाल्न सिकाएनन्

जेठ २५, बैतडी । करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा ग्रामीण क्षेत्रका नागरिक खुसी भए पनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा छन् ।

‘यो चुनावमा मतपत्र ठूलो छ भन्ने सुनिएको छ, त्यसैले मत बदर भएर जाने हो कि भन्ने चिन्ता छ,’ डिलाशैनी–१ का जानकी रानाले भनिन् । मतदान गर्ने विषयमा आजसम्म सिकाउन कोही नआएको उनले गुनासो गरिन् । ‘मतदान गर्ने तरिका सिकाउन कोही आएका छैनन्, कसरी मतदान गर्ने भन्ने थाहा नहुँदा अन्योल भएको छ’, उनले भनिन् ।

राजनीतिक दलका नेताहरुले भोट मात्रै माग्न आउने तर मतदान गर्ने तरिका बारेमा सिकाउने नगरेको स्थानीय उद्धवप्रसाद भट्टले बताए । उनले भने, ‘ग्रामीण क्षेत्रका महिलालाई मतदानका विषयमा जानकारी नगराए धेरै मत बदरमा जाने सम्भावना छ ।’

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर भएपनि मतदान कसरी गर्ने भन्ने विषयमा आफू अनभिज्ञ रहेको स्थानीय लक्ष्मी द्यारले बताए । यता जिल्ला निर्वाचन कार्यालय बैतडीले जेठ ५ गतेदेखि गाउँगाउँमा मतदाता शिक्षा स्वयंसेवक खटाइसकेको जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले सबैको घरदैलोमा मतदाता शिक्षा स्वयंसेवक एकैदिन पुग्न नसक्ने भएकाले विस्तारै सबैको घरदैलोमा पुग्ने बताए ।

मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न १८७ जना मतदाता शिक्षा स्वयंसेवकलाई परिचालन गरेका छौं, उनले भने, ‘बदर मत घटाउने उद्देश्यका साथ जिल्लाभरिनै स्वयंसेवक खटाएका हौँ ।’ यस्तै, राजनीतिक दलहरुले पनि घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षा पनि सँगसँगै गरिरहेको जनाएका छन् ।

राप्रपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा वडा अध्यक्षका उम्मेदवार हेमराज गिरीले घरदैलोसँगै मतदाता शिक्षाको पनि ज्ञान दिइरहेको बताए ।

उनले भने, ‘पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले प्राथमिकताका साथ मतदाता शिक्षालाई पनि जोड दिएका छौँ ।’ यस्तै, नेपाली काँग्रेसका जिल्ला सचिव तथा सुर्नया गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार वीरबहादुर विष्टले स्वस्तिक छाप तथा नमुना मतपत्र बनाएर मतदातालाई नमुना मतदान गराइरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई