२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेह्रथुममा निर्वाचनको तयारी अन्तिम, काम सकिँदै गएपछि कर्मचारी फुर्सदिला

२५ जेष्ठ २०७४, बिहीबार २०:४०

प्रकाश धौलाकोटी | जेठ २६, तेह्रथुम | दोश्रो चरणमा निर्वाचन हुने तेह्रथुम जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । 

पटक–पटक मिति सरेपछि जिल्ला निर्वाचन कार्यालयलाई तयारी गर्न समेत सहज भएको हो । अब मतदान केन्द्रमा गर्नुपर्ने बाहेक सबै तयारी सम्पन्न गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए । जिल्लाका छ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको स्थापना भएर काम थालेका छन् । मतदाता शिक्षा कार्यक्रम अन्तर्गत पनि खटिएका कर्मचारीले दुई पटक सम्म घरदैलो गरिसकेका छन् । निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था, मतपत्र रुजु तथा कर्मचारी व्यवस्थापन, नमुना मतदान, प्रचार प्रसार लगायत सम्पुर्ण काम अन्तिम चरणमा पुगेको छ ।

चुनावको मिति तोकिएपछि निकै व्यस्त बनेका कर्मचारी लामो समयसम्म स्थगित भएपछि अहिले फुर्सदिला बनेका छन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ५७ स्थानमा ८५ मतदान केन्द्र छन् । कुल ६० हजार ७ सय २१ जना मतदाता रहेकोमा जिल्लाबाट २ सय ४१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य