२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

माओवादी केन्द्रका उमेद्बारले भने- बेल्डाँडीलाई सडक सञ्जाले जोड्छौँ

२६ जेष्ठ २०७४, शुक्रबार ०९:११

जेठ २६, कञ्चनपुर । नेकपा माओवादी केन्द्र बेल्डाँडीका उमेद्बारले बेल्डाँडी गाउँपालिकालाई सडक सञ्चालले जोड्ने उद्घोष गरेका छन् । 

दोस्रो चरणमा हुने चुनावी तयारीका सिलसिलामा शुक्रबार बेल्डाँडी गाउँपालिका–४ बाट घरदैलो शुरु गरेका माओवादी उमेद्बारले यस्तो घोषणा गरेका हुन् । 

माओवादी केन्द्रका तर्फबाट बेल्डाँडी गाउँपालिका वडा नम्बर १ को अध्यक्षका उमेद्बार बनेका एकेन्द्र शाहले माओवादी केन्द्र बेल्डाँडी गाउँपालिकाका अध्यक्षका उमेद्बार नन्द कुमार एसके, उपाध्यक्ष कल्पना गिरी सबै वडा अध्यक्ष तथा सदस्यले बेल्डाँडीको एकिकृत दिगो विकासमा जोड दिएका छन् । 

उनका अनुसार बषौँ देखि राज्यबाट उत्पिडनमा परेको बेल्डाँडीको सम्बृद्धिका लागि माओवादी केन्द्रका उमेद्बार प्रतिबद्ध रहेका छन् । ‘माओवादी केन्द्रकै संघर्षका कारण सिहदरबारको अधिकार गाउँमा आएको छ, ‘उनले भने, ‘आएको अधिकार कार्यान्वयनका लागि माओवादी केन्द्रका उमेद्बारले जित्नुपर्छ ।’ 

आफैले ल्याएको नीति कार्यक्र्म कार्यान्वयनका लागि माओवादी केन्द्र कटिबद्ध रहेको समेत उनको भनाई छ ।

 उमेद्बार शाहले बेल्डाँडीको विकासका लागि सदरमुकाम महेन्द्रनगरसंग जोड्नका लागि बेल्डाँडी दैजी सडक कालोपत्रे, बेलौरी हुँदै धनगढी जोड्नका लागि हुलाकी सडक कालोपत्रे लगायतका हरेक वडामा पुग्ने सडकको स्तरोन्नती गरेर बेल्डाँडीलाई स्थानीय र राष्ट्रिय क्षेत्रबाट सडक संजालमा जोड दिएका छौँ । यस्तै सीमा क्षेत्रको सुरक्षाका लागि शसस्त्र प्रहरी बलको क्याम्पस स्थापनका साथै सीमा क्षेत्रका जनतालाई विषेश राहतका कार्यक्रम संचालन गरिने छन् । 

गाउँको छेउमै रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सामुदायिक वन छुट्याउनुपर्ने, गाउँको समग्रं शैक्षिक, स्वास्थ्य विकासका साथै कृषि क्षेत्रका अर्गानिकका साथै आधुनिक कृषि प्रणालीको विकास गर्न माओवादी केन्द्र तत्तपर रहेको बताए । समग्र बेल्डाँडीको समाजिक, आर्थिक, साँस्कृतिक, भौतिक विकासका लागि माओवादी केन्द्रले योजना अघि सारेको समेत बताउदै माओवादी केन्द्र दिगो विकास र सम्बृद्धिका लागि जनतालाई सेवा सुविधा पु¥याउने काममा प्रतिबद्ध रहेको समेत उनीहरुले बचन दिईरहेका छन् । 

माओवादी केन्द्रले मतदाताहरुलाई समेत स्थानीय निर्वाचन स्थानीय दिगो विकास र सम्बृद्धिका लागि जसले जनतालाई साथ दिन्छ, जसैलाई भोट दिन समेत आग्रह गरिरहेका छन् । विकासबाट पछाडीपारिएका जनताले सम्बृद्धि हुनुपर्ने माग अघि सारिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो