सानैदेखि नै अत्यन्तै जिज्ञासु र भविष्यमा आफ्नै श्रम र सिपमा रम्ने योजना मात्रै हैन आफूसँगै आफूजस्तै व्यक्तिहरुलाई रोजगार दिन सक्ने सक्षम व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सानैदेखि नै अत्यन्तै जिज्ञासु र भविष्यमा आफ्नै श्रम र सिपमा रम्ने योजना मात्रै हैन आफूसँगै आफूजस्तै व्यक्तिहरुलाई रोजगार दिन सक्ने सक्षम व"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

ठाकुरद्वारालाई पयटकीय गन्तव्य स्थल बनाइयोस् ; रामजीबाबु थापा (पर्यटन/होटल व्यावसायी)

२०७४, २६ जेष्ठ शुक्रबार १६:५५

सानैदेखि नै अत्यन्तै जिज्ञासु र भविष्यमा आफ्नै श्रम र सिपमा रम्ने योजना मात्रै हैन आफूसँगै आफूजस्तै व्यक्तिहरुलाई रोजगार दिन सक्ने सक्षम व्यक्ति बन्ने सपना देखेका उनको जन्म तत्कालीन स्याङ्जा जिल्लाको सेती दोभान गाविस अन्तर्गत वडा नं. ८ मा २०३१ साल साउन १९ बुबा शेर बहादुर थापा र आमा अक्षरा थापाको कोखमा जन्म लिइ यो सन्सारमा पहिलो पाइला टेक्नुभएका रामजी बाबु थापा ३ दिदीबहिनी र ४ दाजुभाइमध्ये कान्छा सन्तान हुनुहुन्छ । 

वि.सं. २०४५ सालमा बर्दियाको बेलवा गाविसमा आएर बसोबास गर्नुभएको र २०५६ मा नेपालगञ्जमा सरेर फेरि त्यहाबाट ठाकुरद्वारा  आएर पर्यटन तथा होटल व्यवसायमा लाग्नुभयो । राष्ट्रिय प्रकृतिसंरक्षण कोषमा लेखापालको रुपमा कार्यरत बर्दिया तथा बर्दिया गैंडा क्याम्प रिसोर्ट ठाकुरद्वाराका सञ्चालक थापासँग साझा सबाल बर्दियाका सम्पादक प्रभात सुवेदीले हालै वहाँसग लिनुभएको अन्तवार्ताको आधारमा तयार गरिएको यो प्रसङ्ग ।

बाल्यकाल :

सानैदेखि अत्यन्तै जिज्ञासु र आफ्नो काम आफैले गर्नुपर्छ भन्ने मान्यता भएको व्यक्ति थिए । बर्दिया आएपछि मैले राष्ट्रिय प्रकृति संरक्षण कोषमा काम गर्ने अवसर पाएँ । हालसम्म पनि कार्यरत रहेको छु । 

अनुभव :

शुरुमा त म यस क्षेत्रमा अनविज्ञ थिएँ त्यसैले मैले शुन्यबाट काम गरेँ । आफ्नो पेशा पनि यही भयो र यसैमा लगनीलताका साथ लागे । कोषले वैज्ञानिक अध्ययन अनुसन्धननको काम गर्दो रहेछ भनेर थाहा पाएपछि मलाइ पनि जागीरको कारण यही क्षेत्रमा कटविद्ध भएर काम गर्न मन लाग्यो । सम्बन्ध र चिनजानका आधारमा पर्यटन व्यावसायमा आकर्षित भएँ ।

शुरुका दिन : 

शुरुवातमा बर्दिया राष्ट्रिय निकुञ्जमा नगन्य मात्रामा विदेशी पर्यटक आउने गर्दथे । नेपाली समाजमा भने त्यति घुम्ने परम्परा थिएन । तर विगत ४÷५ वर्षदेखि भने स्वेदेशी तथा विदेशी पर्यटकहरुको आगमन राम्रो छ । त्यतिबेला आउँदा भैतिक पूर्वाधार र होटलहरुको स्तरीयता थिएन त्यसैले यो ठाउँमा राम्रो होटल सञ्चालन गर्नु पर्छ भन्ने भित्रैबाट इच्छा जाग्यो र साथीहरुसँग कुरा राखेर ४ जना मिलेर विटिआर शुरु ग¥यौँ कम्पनीमा विधिवत रुपमा दर्ता गरेर होटल व्यावसाय शुरु गर्यों । 

व्यक्तिगत भूमिका तथा जिम्मेवारी : 

शुन्यबाट शुरु गर्यों र मैले विटिआरमा मेनेजर भएर ४ वर्ष काम गरेँ । दिनहरु वित्दै जाँदा धेरै साथीहरुसँग हेलमेल भयो । कमाई राम्रो हुँदै गएपछि लगानी पनि थपिँदै गयो र होटल स्थापित भयो अहिले यस क्षेत्रको राम्रो होटल मानिन्छ बर्दिया टाइगर रिसोर्ट (विटिआर) जहाँ २० जना स्थानीयहरुले रोजगार पाएका छन् । 

एकल व्यावसायको शुरुवात : 

काम गर्ने अनुभव भएकाले एकल रुपमा काम गर्न मन लागेर साथीहरुसँग कुरा राखी सहमतिमा म छुट्टिएर २०७३ साल कात्तिक २४ गतेदेखि यो गैंडा रिसोर्टको स्थापना गरी सञ्चालनमा ल्याएँ । होटलका लागि आवश्यक बस्तुहरु तथा अन्य आवश्यकीय सामग्रीहरु संभव र उपलब्ध भएसम्म स्थानीय किसानहरुबाट नै खरिद गरिदिएका छौँ जसले स्थानीय कृषकहरु पनि निकै खुशी छन् । 

के फरक छ त गैंडा रिसोर्टमा ? 

विटिआरबाट हासिल गरेको अनुभव तथा स्वेदशी तथा विदेशी पर्यटकहरुको रुची बुझिसकेको हुनाले मैले नेपाली मौलिक संरचनाको घरहरु बनाएको हुँ । यसमा स्थानीय साथीभाइहरुको सल्लाह सुझाब पनि लिएको छु । विदेशीहरु नेपालीपन झल्किने घरमा बस्न चाहने र सबै कुरा प्राकृतिक नै हुनु पर्छ भन्ने मान्यता राख्ने रहेछन् । तर पनि भौगोलिक परिवेश र वातावरणीय कुराहरुका कारण पूर्ण रुपले प्राकृतिक आवास बनाउन भने निकै चुनौती रहेछ । तराईको ठाउँ किराहरुको डर, अनि वन्यजन्तुको आक्रमणबाट बच्न सुरक्षा तथा प्राकृतिक दृष्टिकोणबाट सुरक्षित आवास बनाउनु पर्ने भएकोले अलिकति केही आधुनिक तवरबाट यसलाइ फिनिसिङ गरिएको छ ।

 

प्रारम्भिक लगानी कति लाग्यो ?

यसरी वातनुकुलित आवास गृह निर्माणका लागि एउटा घरको फिनिसिङ गर्दा १६ लाखको लगानी लगानी भएको छ । ४ ओटा घरहरु किचेन डाइनिङ रुम गरेर अहिले ८० लाखको लगानी गरेको छु । यो लगानीबाट म मात्रै पालिएर भएन मैले मेरो परिवारको भविष्य पनि सोच्नु पर्दछ । यसका साथै मैले सञ्चालन गरेको व्यवसायबाट केहीले रोजगार पाउन भन्ने मेरो उद्देश्य हो । विगतमा बस व्यवसाय पनि गरें तर असफल भयो र यसमा लागेँ । अहिले भने आफ्नै व्यावसायमा ४ जनालाई रोजगार दिएको छु । 

रोजगारका लागि कसलाई प्राथमिकता ? 

मैले मेरो होटलमा खासगरी द्वन्द्व पीडित र वन्यजन्तु पीडित परिवारका सदस्यलाई मैले अवसर दिनेछु । यसका साथै मेरो कमाईको केही प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्छु ।

भविष्यको योजना ? 

निकट भविष्यमा तालीम हलका साथै यसको अझ स्तरोन्नती गर्दै लैजाने योजना बनाएको छु । बर्दिया राष्ट्रिय निकुञ्जले सकेजति सहयोग गरेको छ भने हामीले पनि सहयोग गर्नु पर्छ भन्ने मेरो मान्यता हो । यसका लागि हर प्रयास रहने छ । 

अन्तिममा केही ? 

बर्दिया राष्ट्रिय निकुञ्जमा वार्षिक २० हजार पर्यटक आउँछन् र राजश्व पनि त्यत्तिकै मात्रामा संकलन हुन्छ तर राज्यले  यो क्षेत्रलाई उपेक्षा गरेको छ । सडक तथा बिजुलीबत्तीको समस्या रहेको छ पोल तथा तारहरु अस्तव्यस्त छन् । लाइन आउँछ तर बत्ती बल्ने अवस्था छैन । इन्टरनेटको सुविधा पनि उस्तै दूर्गती रहेको छ । त्यसैले राज्यले बर्दिया जिल्लामा रहेको राष्ट्रिय निकुञ्जलाई पनि पर्यटकिय गन्तव्य क्षेत्रको रुपमा राखोस् र यहाँको भौतिक पूर्वाधारहरुको निर्माणका लागि राज्यले विशेष ध्यान दिनु पर्दछ भन्ने मेरो धारणा हो । 

कुराकानीका लागि समय प्रदान गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद । 

धन्यवाद हजु र हजुरको लोकप्रिय सञ्चारमाध्यम साझा सबाल अनलाईन प्रति हार्दिक आभार प्रकट गर्दै यस मिडियाको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला