जेठ २८, बैतडी | स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । 

दशरथचन्द नगरपालिका प्रमुखमा पु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, बैतडी | स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । 

दशरथचन्द नगरपालिका प्रमुखमा पु"/>

2026-09-18 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा राप्रपाद्वारा उम्मेदवार घोषणा

जेठ २८, बैतडी | स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । 

दशरथचन्द नगरपालिका प्रमुखमा पुष्करराज जोशी (लख्खा भाइ), उपप्रमुखमा अम्बिका भण्डारी, पाटन नगरपालिका प्रमुखमा रणबहादुर विष्ट, उपप्रमुखमा रमा भण्डारी, पुर्चौडी नगरपालिका प्रमुखमा बृजलाल पन्त, उपप्रमुखमा पूर्णिमा बम तथा मेलौली नगरपालिका प्रमुखमा सुरेन्द्रबहादुर चन्द र उपप्रमुखमा चन्द्रकला साउदको नाम टुङ्गो लगाएको राप्रपाका जिल्ला अध्यक्ष प्रेम चन्दले जानकारी दिनुभयो । 

यस्तै, शिवनाथ गाउँपालिका अध्यक्षमा रामसिंह साउद, उपाध्यक्षमा सुन्दरी महता, सिगास गाउँपालिकामा अध्यक्षमा रामसिंह साउद, उपाध्यक्षमा राजमति धामीको नाम टुङ्गो लगाएको छ । 

दोगडाकेदार गाउँपालिकामा अध्यक्षमा इन्द्रदेव शरण भट्ट, पञ्चेश्वर गाउँपालिका अध्यक्षमा वीरेन्द्रबहादुर चन्द, सुर्नया गाउँपालिका अध्यक्षमा देवबहादुर चन्द, डिलासैनी अध्यक्षमा देवदत्त नाथको नाम टुङ्गो लगाएको छ भने उपाध्यक्षको नाम टुङ्गो लगाउन बाँकी रहेको छ । 

बाँकी रहेका उपाध्यक्षको नाम र जिल्लामा रहेका ८४ वटै वडामध्ये केही वडामा चुनावी प्रचारप्रसारसँगै उम्मेदवारको टुङ्गो लगाउने काम भइरहेको राप्रपा बैतडीले जनाएको छ । 

उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेका स्थानमा छलफल चलिरहेकाले केही दिनमै टुङ्गो लाग्ने राप्रपाका जिल्ला अध्यक्ष चन्दले बताउनुभयो । 

मुख्य दल नेपाली काँगे्रसले जिल्लामा उम्मेदवार टुङ्गो लगाउन नसक्दा केन्द्रमा पठाएको छ भने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति नेपालले उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । 

उम्मेदवार घोषणासँगै बैतडीका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा पनि चुनावी माहोल तात्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई