जेठ २८ ओखलढुंगा । ओखलढुंगामा एमाले सांसदले गुट नखुलेको भन्दै एक जिल्ला कमिटि सदस्यलाई पार्टी छाड्न दबाब दिएको खुलासा भएको छ । समानुपातीक तर्फबाट सांसद भएका एमाले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २८ ओखलढुंगा । ओखलढुंगामा एमाले सांसदले गुट नखुलेको भन्दै एक जिल्ला कमिटि सदस्यलाई पार्टी छाड्न दबाब दिएको खुलासा भएको छ । समानुपातीक तर्फबाट सांसद भएका एमाले "/>

2026-09-19 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा एमाले सांसदले गुट नखुलेको भन्दै जिल्ला कमिटि सदस्यलाई पार्टी छाड्न दबाब दिएको खुलासा

जेठ २८ ओखलढुंगा । ओखलढुंगामा एमाले सांसदले गुट नखुलेको भन्दै एक जिल्ला कमिटि सदस्यलाई पार्टी छाड्न दबाब दिएको खुलासा भएको छ । समानुपातीक तर्फबाट सांसद भएका एमाले नेता हर्कबोल राईले गुट नखुलेको भन्दै पार्टी छाड्न जिल्ला कमिटि सदस्य कमल न्यौपानेलाई दबाब दिएको खुलासा भएको हो । गाउँपालिकाको टिकट नपाएपछि आफु स्वतन्त्र चुनाव लड्ने उद्घोष गरेका न्यौपानेलाई सांसद राईले टेलिफोन गरेर एमाले पार्टी छाड्न ठाडो निदेशन दिएको बुझिएको छ । 

एमाले जिल्ला कमिटि सदस्य न्यौपानेले आफुलाई जनताले चाहाँदा पनि नेताले नचाहेको भन्दै फेसबुक स्ट्याटस लेखेपछि यस्तो खुलासा भएको हो । स्रोतका अनुसार सांसद राईले भनेका थिए,‘कि पार्टीमा लाईन क्लियर गरेर आउनुस् नत्र पार्टी छाडेर जानुस् तर स्वतन्त्र उमेद्वारी दिन पाउनुहुन्न ।’ सांसद राईले यस्तो भनेपछि केही समय दुई नेता बिच भनाभन समेत चलेको थियो । 

आफुले अवसर नपाएको भन्दा पनि आफुमाथी नेतृत्वले गरेको व्यवहार ठिक नभएको प्रति आफुले विद्रोह गरेको न्यौपाने बताउँछन् । उनि भन्छन् ‘मैले अन्धभक्त भएर कसैको विरोध वा समर्थन गरेको छैन र गुटको राजनिती गरेको पनि छैन । ’उनि अघि भन्छन् ‘मलाई एमाले पार्टी र चुनाव चिन्ह सुर्य थाहा छ तर गुट थाहा छैन ।’ सांसद यज्ञराज सुनुवारले पटक पटक आफुलाई प्रयोग गरेको तर अघि बढ्न नदिने षड्यन्त्र गरेर पछि पारेको संकेत गर्दै न्यौपानेले स्ट्याटस लेखेका छन् । 

पार्टी नेतृत्वले असहयोग गरेपनि एमालेमा बसेरै एमालेको हितका लागि काम गर्ने न्यौपानेको भनाई छ । आफुले टिकट नपाएपछि निर्वाचित जनप्रतिनीधी बन्न नपाएपनि जनसरोकारका कामहरु निरञ्तर गरिरहने उनको भनाई छ । 

पार्टीले टिकट नदिएपछि गाउँस्तरका कार्यकर्ताले स्वतन्त्र भएपनि चुनाव लड्न अन्यथा वडामा उठेर भएपनि जनसेवा गर्न दवाव दिएको उनि बताउँछन् । न्यौपानेले वडामा चुनाव लड्न इच्छा नदेखाए पनि खिजीदेम्बा ४ मा वडा अध्यक्षको अर्को विकल्प तयार नगरि स्थानीय नेता कार्यकर्ताले चुनावमा लड्न न्यौपानेलाई अनुरोध गरिरहेका छन् । 

को हुन् कमल न्यौपाने ? 

२०४६ सालमा न्यौपाने सिद्धेश्वर मावि बाम्तीभण्डार रामेछापमा कक्षा आठमा अध्ययानरत थिए । त्यसैबेला बहुदलिए व्यवस्थाका लागि भएको आन्दोलनमा अनेरास्वीयुमा लागेका हुन् । त्यसयता उनि निरञ्तर माले र एमालेको राजनितीमा सकृय छन् । 

ओखलढुंगा जिल्ला कांग्रेसको किल्ला भनेर कांग्रेसका तत्कालिन नेता महेश कोर्मोचाहरुले नारा लगाउँदा उनकै गाँउबाट निकै संघर्ष गरेर संगठन निर्माणमा लागेका न्यौपानेले सयौँ पटक एमाले भएकै कारण दुख झेल्नु परेको बताउँछन् । स्थानीय सबै भाषमा बोलेर मतदाता आफ्नो पक्षमा पार्न माहिर न्यौपाने पेशल खतिवडा,छविकार्की देखि यज्ञराज सुनुवार समेत चुनावी मैदानमा जाँदा खिजी क्षेत्रको पार्टीको खम्बाका रुपमा प्रस्तुत भएका थिए । ०७० को निर्वाचनमा यज्ञराजलाई विजयी गराउन कांग्रेसको गड मानिने खिजी क्षेत्रबाट राम्रो जनमत जुटाउन महत्वपूर्ण भूमिका खेलेका नेता हुन् न्यौपाने । 

यज्ञराज सुनुवारलाई जिताउन नसके गाउँ छाडेर विदेश पलायन हुने उद्घोष गरेर ०७० को संविधान सभा निर्वाचनमा खटिएका न्यौपानेले सुनुुवारलाई जिताउन र खिजी,काती,रावादोल क्षेत्रमा मोटरबाटो निर्माण गर्न नसके फेरि सुर्य चिन्हमा भोट माग्न नआउने उद्घोष गरेका थिए । उनले उद्घोष गरेझै सबै कुरा पुरा भएपनि उनि आफैं अहिले पछि परेका छन् । यज्ञराज सुनुवारले खिजीक्षेत्रबाट सबैभन्दा बढि मत ल्याएसँगै उत्साहित भएका न्यौपाने सहितका स्थानीय एमालेजनहरुले सुनुवार विजयी भएपछि खिजीमा सांसद सुनुवारलाई ६ सय १ मिटरको माला लगाएर सम्मान गरेका थिए । 

पछिल्लोे समय संगठन विस्तार र गाउँपालिका क्षेत्रमा विकास निर्माण खटिएका न्यौपाने खिजीदेम्बाको टिकट आफुले पाउनेमा ढुक्क थिए तर कुनै हालतमा आफुलाई नदिने भएपछि आफैले पार्टीको इसारा अनुसार नै लाक्पागेल्बु शेर्पालाई प्रस्ताव गरेका थिए । 

अहिले आफु निकै सोच मग्न रहेको भन्दै न्यौपानेले फेसबुकमा स्ट्याटस लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई