जेठ ३१, नयाँ दिल्ली  | रोजगारीका लागि २ वर्षअघि अफगानिस्तान पुगेका ३ नेपाली युवाहरु त्यहाँ अलपत्र परेका छन् । अलपत्र पर्नेमा कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुर"/> Sajhasabal जेठ ३१, नयाँ दिल्ली  | रोजगारीका लागि २ वर्षअघि अफगानिस्तान पुगेका ३ नेपाली युवाहरु त्यहाँ अलपत्र परेका छन् । अलपत्र पर्नेमा कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुर"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा तीन नेपाली अलपत्र

३१ जेष्ठ २०७४, बुधबार ०२:०४

जेठ ३१, नयाँ दिल्ली  | रोजगारीका लागि २ वर्षअघि अफगानिस्तान पुगेका ३ नेपाली युवाहरु त्यहाँ अलपत्र परेका छन् । अलपत्र पर्नेमा कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षत्री रहेका छन् ।

१५ महिनादेखि काबुलमा अलपत्र उनीहरूले नेपाल फर्कन आवश्यक पहलका लागि आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा केही समय पहिले निवेदन दिए पनि कानुनी जटिलताका कारण अझै फर्कन पाएका छैनन् । निवेदनमा अब्दुल अजिजका नाममा

रहेको क्यामिलट इन्टरनेसनल बिजनेस कम्पनीमा उनीहरू सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । तर कम्पनीले कानुनी तथा अन्य प्रक्रिया पूरा नगरी केही महिनाअघि निकालिदियो । अफगानिस्तान गएको १० महिनामै उनीहरूलाई निकालिएको थियो । हाल आफूहरू बेरोजगार र बेतलबी भई अलपत्र अवस्थामा रहेको टेलिफोनमा बताए । नेपाल फर्कन उनीहरूलाई एक्जिट भिसा र उनीहरूले बढी समय बसेको शुल्क बुझाउनुपर्ने कानुनी प्रावधान आवश्यक छ, जुन त्यति सहज छैन । एक वर्षयता अफगानिस्तान सरकारले तीनै जनाको पासपोर्ट नेपाल फर्काउने प्रक्रियाका लागि भन्दै लगेकामा अहिलेसम्म फिर्ता दिएको छैन ।

अफगानिस्तानबाट टेलिफोनमा गोविन्द पौडेलले भने, ‘हामी १५ महिनादेखि बेरोजगार अवस्थामा छौं र खान, बस्नकै समस्या हुन थालेको छ । अत्यधिक तापक्रममा घरको छतमा सुत्न बाध्य छौं ।’ प्रक्रियाविपरीत निकालेपछि अन्य स्थानमा काम दिने भनेर कम्पनीले झुलाइरहेको उनले बताए । कम्पनीका कारक रहेकाले आफूहरूले ‘ओभर स्टे’ शुल्क नतिर्ने उनको भनाइ छ । ‘कम्पनीले हाम्रो भिसा, वर्क परमिटलगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिदिने आश्वासन दिए पनि त्यो पूरा नगरी हामीलाई कामबाटै निकाल्ने काम गरको छ,’ पौडेलले भने। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय