असार १, प्युठान । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्युठानबाट प्रमुख पदमा एकजना मात्र महिलाले टिकट पाउनुभएको छ । 

नयाँ शक्ति पार्टी नेपालले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १, प्युठान । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्युठानबाट प्रमुख पदमा एकजना मात्र महिलाले टिकट पाउनुभएको छ । 

नयाँ शक्ति पार्टी नेपालले"/>

२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् प्युठानबाट मेयर पदमा टिकट पाउने एक्लो महिला उम्मेदवार

२०७४, १ असार बिहीबार ०२:५९


असार १, प्युठान । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्युठानबाट प्रमुख पदमा एकजना मात्र महिलाले टिकट पाउनुभएको छ । 

नयाँ शक्ति पार्टी नेपालले प्युठान नगरपालिकाको मेयर पदमा बिजुवार टारी निवासी भगवती सुवेदीलाई टिकट दिएको हो । जिल्लाका कुनै पनि अन्य दलले नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा महिलालाई टिकट दिएका छैनन् । ४३ वर्षीया सुवेदी जिल्लामै प्रमुख पदमा चुनाव लड्ने एक मात्र महिला हुनुहुन्छ ।

पार्टीको केन्द्रीय परिषद् सदस्यसमेत रहनुभएकी सुवेदी २०४४ सालदेखि राजनीतिक यात्रामा लाग्नुभएको हो । तत्कालीन समयमा नेकपा मसालबाट राजनीतिक यात्रा थालेको उहाँले जानकारी दिनुभयो । पार्टीमा क्रियाशील भएकै कारण आफू २०४६ सालको जनआन्दोलनमा दस दिनसम्म हिरासतमा बस्नुपरेको स्मरण गर्नुभयो ।

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन बिजुवार–७ टारीको वडा सदस्यमा निर्वाचित सुवेदीले यसपालिको स्थानीय तहमा समेत आफूले विजय हासिल गर्ने अठोट गर्नुभएको छ । ‘मेरो उम्मेदवारी प्युठानी महिलाको हो’, उहाँले भन्नुभयो, ‘महिलाको सशक्तीकरण नै मेरो प्रमुख मुद्दा हो ।’ जिल्लाका सबै महिलाको अभिभावकको रूपमा आफूले उम्मेदवारी दिएको उहाँले सुनाउनुभयो ।

महिला हिंसा, सामाजिक विभेद र महिलालाई आर्थिक रूपमा सक्षम एवं प्रविधिमैत्री बनाउन आफू प्रतिबद्ध रहेको उहाँले जानकारी गराउनुभयो । संविधानमै उल्लेख गरिएको समान अधिकार व्यवहारिक रूपमा कार्यान्वयन अझै हुन नसकेको उल्लेख गर्दै उहाँले यसको पूर्ण कार्यान्वयनका लागि जोड दिइने प्रतिबद्धता जनाउनुभयो ।

नगरपालिकामा ‘स्मार्ट सिटी’, चेरनेटा–दम्ती हरियालीसहितको फोर लेन सडक निर्माण, नगरपालिकाको केन्द्रमै भएको खानेपानी समस्याको समाधानलगायत विकासका प्रद्धिबद्धता उहाँले जनाउनुभएको छ । एमएड र एलएलबीसम्मको अध्ययन गर्नुभएकी सुवेदीले आफूलाई विजयी गराए सम्मुनत नगर बनाउने सपना बोक्नुभएको छ । जिल्लामा क्रियाशील प्रमुख दलहरूले पनि प्रमुख पदमा महिलालाई उठाउने चर्चा चले पनि उमप्रमुखमै सीमित गराएका छन् । अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी