2026-09-12 11:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली काँग्रेस महोत्तरीले उम्मेदवार टुङ्गो लगायो

असार १, गौशाला । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेस महोत्तरी शाखाले उम्मेदवार टुङ्गो लगाएको छ । 

तीन नगरपालिका र १२ गाउँपालिकासहित १५ वटा स्थानीय तह रहेको महोत्तरीमा नेपाली काँग्रेसले प्रत्येक स्थानीय तहका प्रमुखको उम्मेदवारको टुङ्गो लगाइसकेको छ भने केही तहका उपप्रमुखको टुङ्गो लगाउन बाँकी रहेको जिल्ला सभापति महेन्द्रकुमार रायले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाको जलेश्वर नगरपालिकाको प्रमुखका लागि अशोक साह र उपप्रमुखका लागि अनिता शर्माको नाम टुङ्गो लगाइएको छ । त्यस्तै बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारा महतो रहेका छन् भने गौशाला नगरपालिकाको प्रमुखमा मनु अधिकारी र उपप्रमुखमा सुशीला महतो रहेका छन् । 

काँग्रेसले जिल्लाको मटिहानी गाउँपालिकाको अध्यक्षमा उपेन्द्र चौधरी र उपाध्यक्षमा जुवेदा खातुन, पिपरा गाउँपालिकाको अध्यक्षमा राधारमण मिश्र र उपाध्यक्षमा रामवती देवी यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुशील झा र उपाध्यक्षमा श्यामादेवी पासवान, एकडारा गाउँपालिकाको अध्यक्षमा मनोज झा र उपाध्यक्षमा विनिता देवी तिवारी, बलवा गाउँपालिकाको अध्यक्षमा विनोद यादव र उपाध्यक्षमा रामदुलारी ठाकुर, भंगहा गाउँपालिकाको अध्यक्षमा ओम यादव र उपाध्यक्षमा सकुन्तलादेवी थारुको नाम छटुङ्गो लगाएको सभापति रायले बताउनुभयो । 

त्यस्तै रामगोपालपुर गाउँपालिकाको अध्यक्षमा राजाराम यादव, सोनमा गाउँपालिकाको अध्यक्षमा नवल यादव, मनरा गाउँपालिकाको अध्यक्षमा किशोरसिंह प्रितम, औरही गाउँपालिकाको अध्यक्षमा सुनिल यादव, सम्सी गाउँपालिकाको अध्यक्षमा मोहम्मद रकिव र लोहारपट्टी गाउँपालिकाको अध्यक्षमा शैलेन्द्र यादवको नाम छनौट गरिएको छ । 

ती छवटा गाउँपालिकाको उपाध्यक्षको नाम टुङ्गो लगाउन बाँकी रहेको र आज बेलुकासम्म टुङ्गो लागिसक्ने उहाँले बताउनुभयो । 

माओवादी केन्द्र र नेकपा (एमाले) लगायत अन्य दलले भने आजसम्म पनि आफ्नो उम्मेदवारको टुङ्गो नलागिसकेको बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता