असार १, बुटवल ।  रुपन्देहीको तिलोत्तमानगरपालिकाका युवा व्यवसायी शिवकुमार लामिछाने तिलोत्तमा नगरपालिका वडा नं. १३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १, बुटवल ।  रुपन्देहीको तिलोत्तमानगरपालिकाका युवा व्यवसायी शिवकुमार लामिछाने तिलोत्तमा नगरपालिका वडा नं. १३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने"/>

2026-06-30 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुनव जिते तलव भत्ता नलिने स्वतन्त्र उम्मेदवारको घोषणा

2017-06-15


असार १, बुटवल ।  रुपन्देहीको तिलोत्तमानगरपालिकाका युवा व्यवसायी शिवकुमार लामिछाने तिलोत्तमा नगरपालिका वडा नं. १३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विहिवार रिपोर्टर्स क्लव नेपाल रुपन्देहीको ‘रिपोर्टस ग्यालेरीमा’ पत्रकार सम्मेलन आयोजना गरी उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । राजनीतिक दलहरुले सरकारी तथा सार्वजनिक निकायलाई चरम राजनीतिक अखडा बनाउंदा जनता राजनीतिक दलका गतिविधिप्रति दिक्क भएकाले जनताको माग अनुसार राजनीतिक दलहरुको गलत क्रियाकलापको बिरोधमा आफु स्वतन्त्र उम्मेदवारको रुपमा खडा भएको लामिछानेले बताए ।

 पाँचबर्ष सम्म बिदेशमा श्रम गरेर नेपाल फर्केका लामिछानेले बिदेशमा जति मिहिनेत नेपालमा गर्ने हो भने नेपालमै पनि केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावनाले आफुले नेपालमै व्यवसाय गरेर सफल भएको दाबी गरे । नेपालमै केही गरौ भन्ने भावना भएका युवाहरुलाई प्रोत्साहन गर्ने काम नेपालका राजनीतिक दलहरुले गर्न नसक्दा युवाहरु बिदेश पलायन हुने क्रम बढेको भन्दै उनले आफुले चुनाव जिते युवा लक्षीत कार्यक्रम मार्फत वडाका  युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउने उद्घोष गरे । 

आफुले चुनाव जिते वडा भित्र निर्माण हुने बिकास आयोजना चार बर्ष नपुग्दै  भत्के/बिग्रिए निर्माणको जिम्मा लिने ठेकेदार कम्पनिले नै मर्मत सम्भार गर्नुपर्ने नियम लागु गर्ने बताउदै उनले वडामा रहेका सरकारी बिद्यालयहरुमै बोर्डिङ्ग स्कुल सरहको अंग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था मिलाउने प्रतिवद्धता जनाए ।उनले वडा अध्यक्षले पाउने सेवा सूबिधा बापतको रकम सडक बत्तिमा खर्च गरेर वडालाई रातिमा पनि उज्यालो बनाउने र चोरी डंकैति हुनबाट जोगाउने बताए ।

आफुले चुनाव जिते एक महिना भित्रै वडावासीलाई एम्बुलेन्स सेवा प्रदान गर्ने र तिन महिना सम्म पनि केही गर्न नसके पदबाट राजीनामा दिने बताए । बिबेकशील नेपाली दलको समर्थन आफुलाई रहेको र नयां शक्ति पार्टीले पनि  समर्थन गर्ने प्रतिवद्धता जनाएको र वडावासी युवाहरुको समर्थन रहेकोले आफूले चुनाव जित्ने लामिछानेले दाबी गरे । क्लवका अध्यक्ष प्रकाश खनाल, पत्रकार कृष्ण खनाल लगायतले बोलेका थिए । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ