2026-08-17 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आठराई गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन

असार २, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेद्वारी दिने भएका छन् । गाउँपालिका तथा वडाहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी र संघीय लिम्बुवान मन्चले गठबन्धन गर्दै संयुक्त रुपमा उम्मेद्वारी दिने भएका हुन् । 

गाउँपालिकाको लागि कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका नारायणकुमार ईङनामलाई उम्मेद्वार बनाएका छन् । गठबन्धनले उपाध्यक्ष पदमा भने नेकपा माओवादी केन्द्रकी रमिला खनाललाई उम्मेद्वार बनाएको छ । 

साविक ईवा गाविस घर भएका कांग्रेस नेता ईङनाम पुर्व जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ । ईङनाम ०५४ सालको निर्वाचनमा ईवा गाविस अध्यक्षमा पराजित हुनुभएको थियो । त्यतिवेला उनी मावि शिक्षकको जागिर छाडेर राजनीतिमा आउनुभएको हो ।

खनाल माओवादी केन्द्रकी जिल्ला कमिटी सदस्य हुनुहुन्छ । उहाँ ०६० सालदेखि माओवादीमा क्रियाशील हुनुहुन्छ । आठराई गाउँपालिकामा दुई पार्टी गठबन्धन पछि आफुहरुको जित सुनिश्चित भएको गठबन्धनको दावी छ । गाउँपालिकाका विभिन्न वडाहरुमा समेत कांग्रेस, माओवादी केन्द्र र संघीय लिम्बुवान मन्चले गठबन्धन गरेका छन् । 

आठराई गाउँपालिका वडा नं. ४, ६ र ७ मा माओवादी केन्द्रलाई वडाध्यक्ष दिएर कांग्रेस र लिम्बुवानले सघाउने भएका छन् । वडा नं. २ मा माओवादी केन्द्रले वडाध्यक्षमा कांग्रेसलाई सघाउने भएको छ । बाँकी रहेका वडा नं. १, ३ र ५ मा भने एक्ला एक्लै उम्मेद्वार तय गरिएको नेताहरुले बताएका छन् । 

संघीय लिम्बुवान मन्चले भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः मृगेन्द्र ईङनाम र चुङवान्मा कन्दङवालाई उम्मेद्वार बनाएको छ । यसअघि आठराई गाउँपालिकामा एमालेले अध्यक्षमा मानबहादुर कन्दङवा र उपाध्यक्षमा रुपा कन्दङवाको एकल उम्मेद्वारी घोषणा गरिसकेको छ । अधिकांश वडामा एकल वर्चस्व रहेको दाबी गर्ने एमालेले यो पटक पनि आफुले जित निकाल्ने दाबी गरेको छ । 

यसअघिका निर्वाचनमा पनि एमालेले आठराई गाउँपालिकामा गाभिएका सात वटै गाविसमा जितेको थियो । तर त्यतिवेला आठराईमा कांग्रेस बलियो थिएनँ । त्यतिवेला राष्ट्रिय प्रजातन्त्र पार्टी आठराईमा बलियो थियो । अहिले राप्रपाबाट धेरैले छाडेर कांग्रेस प्रवेश गरिसकेको र राजनीति परिवेशले कोल्टे समेत फेरिसकेकाले आफुहरु जित्ने कांग्रेस–माओवादी गठबन्धनको दाबी छ । 

स्थानीय चुनावमा आठराई गाउँपालिका एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेस नेतृ सीता गुरुङको जन्मथलो समेत भएकाले निकै चासो र चर्चामा छ । चुनावमा कांग्रेस–माओवादी गठबन्धनलाई विजयी गराउन कांग्रेस नेतृ गुरुङ यतिवेला गाउँमै हुनुहुन्छ । एमालेका प्रदेश नं. १ सदस्य तेजमान कन्दङवा, रामचन्द्र थपलिया लगायत नेता पनि आठराईमै जमेर चुनावी अभियानमा जुट्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट