२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका नेता पत्रकारहरुले गरे विकास निर्माणको प्रतिवद्धता

२०७४, ३ असार शनिबार ०१:४९

सागर शर्मा/असार ३, प्यूठान । जिल्लामा स्थानिय तह दोस्रो चरणमा उमेद्वार बनेका अग्रज पत्रकारहरुले शुक्रबार सदरमुकाममा एक कार्यक्रम विच आफ्नो भावी योजना सुनाएका छन् । 

उनीहरुले आफुले उमेद्वार दिने गाउँपालिका तथा नगरपालीकामा जित हासील गरेमा विभिन्न विकास निर्माण गर्ने दावी गरेका हुन । जिल्लामा ३ अग्रज जना प्रमुख तथा १ जना अग्रज उपप्रमुख पदको लागि उमेदवारी दिदै छन् ।

विगत २५ बर्ष देखि पत्रकारिता गर्दै आउनु भएका इमानसिंह भारती नेकपा एमाले बाट मल्लरानी गाउपालिकाको अध्यक्ष पदमा उमेद्वारी दिदै हुनुहुन्छ । उहाँले आफ्नो गाऊ विकासको लागि पत्रकारीता सँगै राजनिती समेत गर्नु परेको बताउनु भएको छ । उहाँले आफु विजयी बनेमा मल्लरानीमा भ्यू टावर निमार्ण गर्ने बताउनु भयो । 

उहाँले भन्नु भयो ‘मल्लरानी डाडामा भ्यू टावर निमार्ण गरि झिमरुक फाटको सोन्र्दयता तथा प्यूुठानको सुन्दर र रमणिय बस्ति को अवलोकन गराई गाउपालिकालाई आर्थिक विकासमा समृद्ध गराउनेछु ।’ उहाँ नेपाल पत्रकार महासँघ प्यूठानको पुर्वअध्यक्ष समेत हुनुहुन्छ । 

त्यस्तै प्यूठान नगरपालिकामा नेपाली कागे्रसका तर्फबाट उमेद्वारी दिन लाग्नु भएका देवेन्द्र बर्मा बिगत १८ बर्ष देखि पत्रकारीता क्षेत्रमा हुनुहुन्थ्योे । उहाँले आफु विजयी भएमा नगरपालीकामा सुचनाको हकको कार्यान्वयन गर्ने बताउनु भएको छ । उहाँले स्थानिय तहको सुचना प्रसारण प्रकाशन गर्ने व्यवस्था मिलाउने समेत बताउनु भएको छ । उहाँ हिमालय टाइम्स, अन्नपुर्ण राष्ट्रिय दैनिक  माण्डवी साप्ताहिक, सामुदायिक रेडियो माण्डवी लगायतमा काम गर्नु भएको थियो ।

त्यस्तै झिमरुक गाउपालिकामा नेपाली कागे्रस का तर्फ बाट उमेद्वारी दिन लाग्नु भएका पत्रकार प्रमोद पोखे्रल झिमरुक गाउपालिकाको अध्यक्ष बन्ने योजनामा हुनुहुन्छ । उहाँको विकास निर्मार्णको फरक योजना रहेका छन् । उहाँले अध्यक्ष पद जितेमा आफुले ५ बर्ष सम्म पाउने तलव आफुले नलिने घोषणा गर्नु भएको छ उहाँको अनुसार ‘अध्यक्ष पदको तलव गरिव तथा दलित समुदायको लागि खर्च गरिने र उनिहरुको उत्थान सँगै समुदायको बिकास निर्माणमा लाग्ने बताउनु भयो । 

उहाँ २०५८ साल देखि पत्रकारीता क्षेत्रमा प्रबेश गर्नु भएको थियो । उहाँले सगरमाथा टेलिभिजन,नेपाल टेलिभिजन लगायत आफ्नै प्रकाशन सम्पादनमा स्वर्गद्धारी साप्ताहिक समेत प्रकाशन गर्नु भएको थियो । पछिल्लो समय पत्रकारिता सँगै पुस्तक तथा छापाखाना व्यावसाय समेत गर्दै आउनु भएका पोखे्रल पत्रकार महाँसंघ प्यूठानको पुर्व उपाध्यक्ष समेत हुनुभुन्थ्यो । 

हाल पत्रकार महासँघ प्यूठानका उपाध्यक्ष तथा सामुदायिक रेडियो महिला आवाज प्यूठानको स्टेशनम्यानेजर बसन्ता भट्टले मल्लरानी गाउपालिकामा नेपाली कागे्रसको तर्फ बाट उपाध्यक्ष  पदमा उमेद्वारी दिदै हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा