असार ३, बुटवल । लामो समय माओवादी आन्दोलनमा सहभागी युवाहरुको ठूलो समूह सो पार्टीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका पुर्व ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३, बुटवल । लामो समय माओवादी आन्दोलनमा सहभागी युवाहरुको ठूलो समूह सो पार्टीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका पुर्व ज"/>
2026-06-30 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बुटवलमा माओवादीका पूर्व जिल्ला सदस्यसहित ५० युवा एमालेमा प्रवेश

असार ३, बुटवल । लामो समय माओवादी आन्दोलनमा सहभागी युवाहरुको ठूलो समूह सो पार्टीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका पुर्व जिल्ला कमिटी सदस्य रहेका विकास ज्ञवालीको नेतृत्वमा ५० जनाभन्दा बढी युवाहरुले माओवादीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएका हुन् ।

उनीहरुलाई एमाले उपमहासचिव विष्णु पौडेलले पार्टीमा स्वागत गरेका थिए । त्यसक्रममा बोल्दै उपमहासचिव पौडेलले माओवादी छाडेर आएका युवाहरुलाई एमालेले उचित जिम्मेवारी प्रदान गर्ने बताए । उनले एमाले अभिभावक बनेर युवाहरुलाई संरक्षण प्रदान गर्ने उल्लेख गर्दै त्यसका लागि मातहतका कमिटीलाई निर्देशन दिइसकेको बताए ।

कार्यक्रममा पुर्व माओवादी नेता ज्ञवालीले आफू सशस्त्र युद्धदेखि नै क्रान्तिकारी नाराको आकर्षणका कारण माओवादीमा लागेको तर अहिले माओवादी नेताहरुको विलासी जीवन देखेर सो पार्टीमा रहन नसक्ने निष्कर्षका साथ एमालेमा आवद्ध भएको बताए । प्रदेश विभाजन विरुद्धको आन्दोलन, राष्टियताप्रतिको अडान, केपि ओली नेतृत्वको सरकारको कार्यशैलीले आफूलाई एमालेप्रति आकर्षित गरेको उनले बताए ।

सोही कार्यक्रममा प्रतिष्ठित व्यवसायी तथा मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल पनि माओवादी छाडेर एमाले प्रवेश गरेका छन् । उद्योगी व्यवसायीको हकहितको संरक्षण अरु दलले गर्न नसक्ने ठानेर आफू एमालेमा आवद्ध भएको उनले बताए । उनी २०५२ सालदेखि नै माओवादीमा आवद्ध थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ