पढ्न करिब 1 मिनेट लाग्छ

असार ४, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि गएराति १ बजेबाट सडक अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो ।

पहिरो पन्छाउनका लागि तीनवटा एक्साभेटर र एउटा लोडर परिचालन गरिएको खनालले बताउनुभयो । हाल ठूलो पानी नपरे पनि विगत दुई चार दिनयता परेको पानीका कारण पहिरो खसेको हुनसक्ने उहाँको अनुमान छ ।

पहिरोले धनजनको क्षति नभएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । पहिरो खसेसँगै सडकको दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ । दिनको समयमा सडक रोकेर काम गरिने हुँदा बिहान बेलुका र रातको समयमा सवारी चाप बढ्ने बेला पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् ।

सो सडकखण्ड विस्तारको काम भइरहेको छ । भित्तो काटेर सडक फराकिलो बनाएकाले समय समयमा पहिरो खसेर दुःख दिने गरेको छ । रासस

- फाइल तश्विर