नरी बडु/असार ५, बैतडी । जिल्लाको डिलाशैनी गाँउपालिका–७ डिलाशैनिका वडा सदस्यका उमेदरवारको सोमबार बिहान मृत्यू भएको छ ।
सुतेकै अवस्थामा स्थानीय ७० वर्षीय गोबिन्द सिह कार्कीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कार्कीले राप्रपाबाट डिलाशैनी गाँउपालिका–७ को वडा सदस्यमा आफ्नो उमेदवारी दर्ता गराएका थिए ।