2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसैन नगरपालिकामा एमालेक ३ उम्मेद्धार निर्विरोध निर्वाचित

कमल रावल/असार ५, अछाम । मंगलसैन नगरपालिकामा नेकपा एमालेका तर्फबाट ३ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् । 

जसमा एक जना पुरुष वडा सदस्य र २ जना महिला वडा सदस्य रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरपालिकाको वडा नम्बर २ मिस्तुरुमा पुरुष वडा सदस्य बमबहादुर बोगटी निर्विरोध निर्वाचित हुनुभएको छ । 

यस्तै सोही वडा बाट महिला वडा सदस्य सुनिता बोगटी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँको विपक्षमा अन्य कुनै दलको उम्मेद्धारी नै नपरेको बताईएको छ । यस्तै मंगलसैन नगरपालिका वडा नम्बर ७ मा महिला वडा सदस्यका उम्मेद्धार जमुना जैसी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । 

नेपाली कांग्रेसका उम्मेद्धार दुर्गा ढकाल जैसीको उमेर नपुगेपछि उहाँको उम्मेद्धारी रद्ध भएपछि एमालेका उम्मेद्धार जमुना जैसी निर्विरोध निर्वाचित हुनभएको एमाले जिल्ला सचिव यज्ञ बोगटीले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसको आधिकारीक जानकारी मंगलबार दिने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई