जितेन्द्र खत्रि/असार ६, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चाले ठुलो शक्ति प्रदर्शन सहित अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र खत्रि/असार ६, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चाले ठुलो शक्ति प्रदर्शन सहित अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको "/>

2026-06-29 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा शक्ति प्रदर्शन

2017-06-20


जितेन्द्र खत्रि/असार ६, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चाले ठुलो शक्ति प्रदर्शन सहित अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको छ । 

राष्ट्रिय जनमोर्चाबाट भुमिकास्थान नगरपालिकाको मेयर पदमा कविराम खनाल, उपमेयरमा शकुन्तला रानाले आ(आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्ने क्रममा जिल्लाको भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले शक्ति प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा ७ हजार भन्दा बढीको उपस्थिती रहेको थियो । जुन राष्ट्रिय जनमोर्चाको प्रदर्शन सन्धिखर्क लगायत जिल्लाभर अन्य दलका समर्थकहरुको उपस्थिती भन्दा बढी हो ।


उम्मेदवारी दर्ताको लागि राष्ट्रिय जनमोर्चाका हजारौं समर्थकहरुको बाजागाजा सहित उपस्थिती रहेको थियो । भूमिकास्थानमा अन्य दल भन्दा राष्ट्रिय जनमोर्चाको अवस्था बलियो छ । यहाँ कांग्रेस र माओवादीको तालमेल भएता पनि जनमोर्चाले सहजै जित्ने अनुमान गरिएको छ ।  साथै यस नगरपालिकामा  कांग्रेस र माओवादीले तालमेल गरे पनि राष्ट्रिय जनमोर्चाले  सहजै जित्ने अनुमान गरिएको छ । 

भुमिकास्थान नगरपालीकामा राष्ट्रिय जनमोर्चाबाट मेयरमा कविराम खनाल र उपमेयरमा शकुन्तला राना, कांग्रेसबाट उपमेयरमा खडानन्द बेल्वासे, एमालेबाट मेयरमा पिताम्बर भुसाल र उपमेयरमा सुनिता बेल्वासे, माओवादी केन्द्रबाट मेयरमा रेशम थापा , नयाँशक्तीबाट मेयरमा प्रेम बन्जाडे र उपमेयरमा गगां घिमिरे,  राप्रपाबाट मेयरमा धनबहादुर रायमाझी र उपमेयरमा प्रवित्रा पौडेलको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत चेतप्रसाद उप्रेतीले जानकारी दिए ।  


यस गाउँपालिकामा कुल १८ हजार ३ सय ८ मतदाता रहेका छन् ।  जसमध्ये ८ हजार ७ सय ६५ पुरुष मतदाता रहेका छन् भने ९ हजार ५ सय ४३ महिला मतदाता रहेका छन् । उता उम्मेदवारी दर्ता पछि पनि  नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको पनि तालमेलको लागि छलफल भईरहेको छ । 

स्रोतका अनुसार सन्धिखर्कको मेयरमा एमाले र उपमेयरमा राष्ट्रिय जनमोर्चालाई दिने, यस्तै भूमिकास्थानको मेयर पदमा राष्ट्रिय जनमोर्चालाई र उपमेयरमा एमालेलाई दिने गरी छलफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ