असार ७, चितवन । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभएको छ । 

प्रेस सेन्टर चितवनले आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ७, चितवन । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभएको छ । 

प्रेस सेन्टर चितवनले आ"/>

2026-08-31 08:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले सबैलाई न्याय गर्छ: गृहमन्त्री


असार ७, चितवन । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभएको छ । 

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले आफ्नो साधन स्रोत र शक्ति परिचालन गरेर समग्र सुरक्षाको व्यवस्था मिलाएको बताउनुभयो । अर्काे प्रसङ्गमा उहाँले असन्तुष्ट भएका राजनीतिक दलसँग पनि वार्ता र संवाद गरेर सहमतिमा निर्वाचनको मिति तय भएकाले निर्वाचनको वातावरण बनेको बताउँदै भन्नुभयो “निर्वाचनको राम्रो वातावरण बनेको छ । निर्वाचनको खारेजी गर्न माग गर्दै आएको नेकपा विप्लव समूहले पनि विभिन्न ठाउँमा उम्मेदवारी दिएको छ ।” 

टीकापुर घटनाका दोषीलाई क्षतिपूर्ति किन दिइएको भन्ने प्रश्नमा उहाँले घटना गराउने र दोषीलाई कारबाही गर्ने एउटा पाटो तथा भौतिक क्षति फरक पाटो भएको बताउँदै भन्नुभयो “ सरकारले सबैलाई न्याय गर्छ, अपराध गर्नेलाई कारबाही र क्षति हुनेलाई क्षतिपूर्ति दिन्छ ।” 

सरकारले कहिल्यै प्रहरीको मनोबल नघटाउने बताउँदै उहाँले संविधान, कानुन, सरकारका नीति कार्यक्रम लागु गर्नका लागि सरकारमार्फतका समग्र संयन्त्रलाई परिचालन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “त्यसमध्येको महत्वपूर्ण सङ्गठन प्रहरी सङ्गठन हो । यसको मनोबल गिराउने काम सरकारले गर्दैन, उच्च मनोबल बनाउँछ ।” 

निर्वाचनको आचारसंहिताको उल्लङ्घन गर्दै दुई दिनअघि चुनाव प्रचार कार्यक्रममा बोलेका विषयमा सोधिएको प्रश्नमा उहाँले आचारसंहिता निर्वाचन आयोगले तय गर्ने हो भन्दै आफूले आचारसंहिताभित्रै रहेर काम गरेको जिकिर गर्नुभयो । 

यसअघि जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १७३ औँ समूहको दीक्षान्त समारोहमा उहाँले प्रहरीमा राजनीतिक गन्ध, गुटबन्दी र विभाजन राज्यलाई स्वीकार्य हुँदैन भन्दै त्यसो भएमा सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले ‘चेन अफ कमान्ड’भित्र आफूलाई सक्षम साबित गर्न निर्देशन पनि दिनुभयो । नीति, नियम र कार्यविधि बनाएर वृत्ति विकासका काम अगाडि बढाइने जानकारी उहाँले बताउनुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संविधान कार्यान्वनको ऐतिहासिक घडीमा प्रहरी सेवामा प्रवेश गरेका प्रहरी सहायक निरीक्षकलाई देश र जनताप्रति समर्पित भएर काम गर्न निर्देशन दिनुभयो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त प्रहरी नायब महानिरीक्षक देवेन्द्र सुवेदीले तालिम केन्द्रमा स्थापित एनपिए इन्टरनेट (राष्ट्रिय प्रहरी प्रतिष्ठान इ–लाइब्रेरीका बारेमा जानकारी गराउनुभएको थियो । सोको गृहमन्त्री शर्माले आजै उद्घाटन गर्नुभएको थियो । 

समारोहमा शिक्षालयका समादेशक प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्दले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तालिमबाट १५० प्रहरी सहायक निरीक्षकलाई दीक्षित गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने