Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असार ०८ गते, अपराह्न ४:४० बजे अर्थ/विकास, नवलपुर - NWL

नवलपरासीमा एकल महिलाद्वारा कपडा उद्योग स्थापना

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ८, नवलपरासी । गैँडाकोट नगरपालिका–४ मा एकल महिलाले कपडा उद्योग स्थापना गरेका छन् ।

नारी कल्याण एकल महिला पैरवी मञ्चले एकल नारी कल्याण उद्यम केन्द्र स्थापना गरेको हो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले मङ्गलबार सो उद्योगको उद्घाटन गर्नुभयो । उहाँले उद्योगका लागि नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्तगर्नुभयो ।

यस्तै नगरपालिकाका उपप्रमुख विष्णु कँडेलले महिला घरको चुलो चौकोमा मात्र सीमित नभई आफ्नो हक र अधिकारको पाटोमा अगाडि बढनुपर्ने बताउनुभयो । आम्दानीका स्रोत खोजी गरी आर्थिक पाटोमा सक्रिय भएर अगाडि बढ्न उहाँले महिलालाई आग्रह गर्नुभयो ।

गैँडाकोट नगरपालिकाको रु चार लाख सहयोग तथा बाँकी एकल महिलाको आफ्नै लगानीमा उक्त कपडा उद्योग सञ्चालनमा आएको हो । सो उद्योगमा हाल छजना मजदुर तथा दुई÷दुई जना बजार प्रतिनिधि र कार्यालय ब्यवस्थापकका रुपमा महिलाले रोजगार पाएका नारी कल्याण एकल महिला पैरवी मञ्चका अध्यक्ष लक्ष्मी भट्टराईले जानकारी दिनुभयो । यहाँ उत्पादन भएको कपडा नवलपरासी, रुपन्देही, कपिलवस्तु र तनहुँका विभिन्न बजारमा बिक्री गरिनेछ । रासस