९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंको सातौँ दिन: फुलपाती भित्र्याइँदै, भक्तपुरमा बुधबार नै भित्र्याइयो

भक्तपरका नेवाः समदायले वुधबार नै फूलपाती भित्र्याए
२४ आश्विन २०८१, बिहीबार १०:४९

काठमाडौं । आज विहीबार घर घरमा फुलपाती भित्र्याइँदैछ । बडादशैंको सातौं दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ ।

फुलपाती भित्र्याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभ साइतमै फुलपाती भित्र्याइदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

घर–घरमा हर्षबढाइँका साथ फुलपाती भित्र्याउँछन् । प्राचीन कालदेखि नै दरबार, कोट र घर–घरमा फूलपाती भित्र्याउने परम्परा छ । आधुनिक नेपाल निर्माणपछि गोरखाबाट फूलपाती ल्याएर हनुमानढोकामा भित्र्याउने चलन अझै कायम छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ ।

उता, भक्तपरका नेवाः समदायले वुधबार नै फूलपाती भित्र्याएका छन् । फूलपातीदेखि विजयादशमीसम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा फूलपाती भित्र्याइएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगर क्षेत्रमा २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाउन आह्वान गर्दै नगरपालिकाले बुधबारदेखि सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो