२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

२०८१, २ कार्तिक शुक्रबार १८:०१

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार ‘मर्दा’ आफूलाई जुठो परेको टिप्पणी गरेका छन् ।
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले पक्राउका लागि प्रहरीलाई अनुमति दिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।


‘अहिलेलाई सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर, मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ,’ लामिछानेले फेसबुकमा लेखेका छन्, ‘प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला । तपाईँको सभापतिले कसैलाई ठगेको छैन ।’
उनले सत्तारुढ दलहरूको दिनगिन्ती सुरू भएको खुशियालीमा आफूले कानुनलाई सघाउनेसमेत प्रतिबद्धता जनाएका छन् ।
‘ठिक छ, म तपाईँहरूको दिनगन्ती सुरु भएको खुशियालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘नयाँ पुस्तालाई एक–एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । सुरूवात तिमीहरूले गर्‍यौ, अन्त्य हामी गर्नेछौँ, नेपाली जनताले गर्ने छन्, छिट्टै गर्ने छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु