२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास

२०८१, ३ कार्तिक शनिबार १२:०७

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालागयतका नेताहरु चितवन पुगेका छन् ।

उनीहरुलाई शनिबार विहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवम शुभेच्छुकहरुले स्वागत गरेका थिए । वेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर–१३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन् ।

न्यौपाने र अन्य शहीदहरुको सम्मानका लागि नेकपा माओवादी केन्द्र वडा नं १३ भरतपुरले बिशाल जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका लागि प्रचण्ड ,क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य(किरण),नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)लाई निम्ता गरिएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई पनि निम्ता गरिएको कार्यक्रमका संयोजक प्रकाश दवाडीले जानकारी दिए । विभाजित भएका माओवादीका पुराना नेताहरुलाई आयोजकले एउटै मन्चमा उभ्याउने प्रयास गदै एकताका लागि प्रयास गर्ने दवाडीको भनाइ छ ।

दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको खुल्ला प्राङ्गणमा बिहान ११ बजे शुरु गरिने जनसांस्कृतिक कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारको विशेष प्रस्तुति रहने् कार्यक्रम छ।

जनयुद्धको समयमा एकताबद्ध भएर लडेका नेताहरु बिभिन्न समयमा पार्टी बिभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेको भएपनि आगामी दिनमा एउटै छातामुनी ल्याउनेप्रयास आयोजकले गरेको स्थानीयको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु