९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

४ कार्तिक २०८१, आईतवार १३:२७

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत भदौ २५ र २६ मा सञ्चालन गरिएको परीक्षामा सहभागी विद्यार्थीमध्ये ७०.६० प्रतिशतले सबै विषयमा ग्रेड प्राप्त गर्न सफल भएका छन्।

बोर्डका अनुसार, एक लाख २२ हजार १७१ विद्यार्थीले परीक्षा दिएका थिए, जसमध्ये ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा सफलतापूर्वक ग्रेड हासिल गरेका छन्। दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको र दुई जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ।

ग्रेडवृद्धि परीक्षामा सफल परीक्षार्थीहरूले नतिजा प्रकाशित भएको मितिबाट ७ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल, र पूरक प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन्। बोर्डले यसका लागि रसिद काट्नुपर्ने जानकारीसमेत दिएको छ।

परीक्षामा सहभागी विद्यार्थीहरूले सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेमा मात्र सफल ठहरिने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो