२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अपाङ्गता भएका व्याक्तिहरु चुनावी मैदानमा

१० असार २०७४, शनिबार ०८:३८

कृष्ण खनाल/असार १०, बुटवल । सरकारले यस पटक स्थानिय तहको निर्वाचन मापदण्ड परिमार्जन गरी प्रमुख तथा उप प्रमुखमा महिला अनिवार्य र वडा सदस्यमा महिला दलित वडा सदस्य अनिवार्य गरी पनि अपाङ्गता भएका व्याक्तिहरुले समेत वडा सदस्यमा आरण माग गरेका थिए । 

त्यो कार्यान्वयनमा नआएपनि अपाङ्गता भएका व्याक्तिहरु स्वक्तस्र्फतरुपमा स्थानिय तहको निर्वाचनमा होमिएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार लुम्बिनी अञ्चलमा ५ जना अपाङ्गता भएका व्यात्तिहरु  स्थानिय चुनावमा उमेद्वार छ्न् । 

रुपन्देहीको सैनामैना नगरपालिका–९ वाट डोलराज भण्डारी वडा अध्यक्ष पदमा चुनावमा लडेका छन् र शरिरिक रुपमा  अपाङ्गता भएका उनी पहिला देखि सै समाजिक क्षेत्रमा सक्रिय थिए । अहिले नेकपा एमालेले  वडा अध्यक्षको टिकट दिएपपछि चुनावमा होमीएको बताउँछन् । 

समावेसीको नाममा अपाङ्गता भएका व्याक्तिहरु  पनि समावेश हुन पाउने गरी पार्टी टिकट दिएकोमा पार्टीप्रति आभार रहेको उनी बताउछन् । एक त अपाङ्गता भएको व्याक्ति अर्को तर्फ समाजमा विगत लामो समय देखि  सामाजिक क्षेत्रमा लागेको कारण आफ्नो जित सुनिश्चित भएको उनको दावि रहेको छ ।

यस्तै रुपन्देहीमा पनि शररिक अपाङ्गता भएका कृष्ण बहादुर गुरुङ्ग सिद्धार्थनगर नगरपालिका–८  वाट वडा सदस्य पदमा उमेद्वारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई वडा सदस्यको टिकट दिएपछि चुनावमा होमीएको उनी बताउछन् । । 

यस्तै अर्घाखाँचीबाट अर्का अपाङ्गता भएका व्याक्ति विष्णु प्रसाद भुषाल पनि चुनावी मैदानमा छन् । नयाँ शक्ति नेपाल पार्टी बाट सन्धीखर्क नगरपालिका वडा नम्बर २ को  खुल्ला तर्फ वडा सदस्य पदमा उनले उमेद्वारी दर्ता गराएका छन् । अहिले चुनावी मैदानमा रहेका उनी आफुले जित्ने दावी गर्दछन् । 

यस्तै शारिरक रुपमा अपाङ्गता रहेका राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रामरतन हरिजन पनि चुनावी मैदानमा छन् । 

राम ग्राम नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदमा उनी नयाँ शक्ति पार्टी नेपालबाट उमेद्वारी दिएका छन् । शाररिक अपाङ्गता रहेका उनी अहिले चुनावी प्रसार प्रसार अभियानमा रहेका छन् । 

यस्तै बर्दघाट नगरपालिका बाट वडा नम्बर ४ बाट वडा अध्यक्षको रुपमा अर्का शारिरक अपाङ्गता भएका  रमेश श्रेष्ठ चुनावी मैदानमा उत्रीएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावमा टिकट पाएर वडा अध्यक्ष पदमा लडेका हुन । 

डोलराज भण्डारी


वडाअध्यक्ष ९ का उमेद्वार, सैनामैना नपा । 

रामरतन हरिजन


वडाअध्यक्ष ५ का  उमेद्वार, रामग्राम नपा । 

रमेश श्रेष्


वडाअध्यक्ष, ४ बर्दघाट नवलपरासी 

विष्णु प्रसाद भुषाल


वडा सदस्य सन्धीखर्क २, अर्घाखाँची । 

कृष्ण बहादुर गुरुङ्ग


वडा सदस्य, ८ सिनपा, भैरहवा । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य