८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश

५ कार्तिक २०८१, सोमबार १७:३८

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित दल विभाजन सम्बन्धी अध्यादेशको भविष्य अहिले अन्योलमा परेको छ। सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो अध्यादेश जारी गर्न पूर्ण सहमति प्राप्त गर्न नसकेपछि यसमा अनिश्चितता देखिएको हो।

स्रोतका अनुसार, देउवाले अध्यादेश जारी गर्न तत्कालका लागि रुचि नदेखाएका दुई प्रमुख कारण प्रस्तुत गरेका छन्। पहिलो कारण भनेको प्रतिपक्षी दलहरूलाई चिढ्याउनु हुँदैन भन्ने हो। रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ परेपछि प्रतिपक्षी दलहरूमा चिढ्याउने अवस्था उत्पन्न भएको र यसले राजनीतिक स्थिति जटिल पार्न सक्ने विश्लेषण गरेका छन्।

“प्रतिपक्षीहरूलाई चिढ्याउँदै जाँदा राजनीतिक स्थिति थप जटिल हुन सक्छ,” स्रोतले भन्यो। देउवाले कांग्रेस नेता डा. शेखर कोइरालालाई समेत चिढ्याएर जान नहुने धारणा व्यक्त गरेका छन्, जसले राजनीतिक दलहरू विभाजन गर्नैका लागि अध्यादेश ल्याउन नहुने कुरा सार्वजनिक गरिसकेका छन्।

रविवार साँझ ओली र देुवाबीच अध्यादेश जारी गर्ने सम्बन्धमा लामो कुराकानी भएको थियो। देउवाले सहमति दिए, भने आजको मन्त्रिपरिषद् बैठकमा यसलाई अघि बढाउने तयारी थियो। तर, उपरोक्त कारणले गर्दा देउवाले पूर्ण सहमति नदिएपछि सोमबारको क्याबिनेट बैठक पनि आयोजना गरिएको छैन।

यस घटनाले राजनीतिक दलहरूको स्थिरता र एकता सँगसँगै आगामी राजनीतिक परिदृश्यलाई पनि प्रभावित पार्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल