२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वेस्ट इन्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

७ कार्तिक २०८१, बुधबार १३:०९

पोखरा | नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका तीव्र गतिका बलर एन्डरसन फिलिपलाई तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ। यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो।

वेस्ट इन्डिजका अन्तर्राष्ट्रिय खेलाडी फिलिप २८ वर्षका छन् र उनी आफ्नो १४० किलोमिटर प्रतिघण्टाको औसत गतिमा बलिङ गर्ने क्षमताले चर्चित छन्। पोखरा एभेन्जर्समा उनले नेपालका ओपनर कुशल भुर्तेलको मार्की खेलाडीको रूपमा खेल्ने छन्।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले फिलिपको आगमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। टिमका म्यानेजिङ डाइरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीहरूलाई समेट्दै प्रतिस्पर्धात्मक टोली बनाउन लागेको बताए।

एनपीएलको सबैभन्दा महँगो टिमको रूपमा परिचित पोखराले फिलिपसहित कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, र अमृत गुरुङलाई टोलीमा समावेश गरेको छ। एनपीएल प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य