2026-09-06 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी

काठमाडौं । इजरायली रक्षा मन्त्री योआव गालान्टले इरानमाथि हुने योजनाबद्ध हवाई आक्रमणले संसारलाई इजरायलको सैन्य शक्तिको हैसियत देखाउने बताएका छन् ।

इजरायलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या गरेपछि इरानले अक्टोबर १ मा इजरायलमाथि गरेको मिसाइल आक्रमणको जवाफस्वरूप इजरायलले इरानमाथि कडा आक्रमणको तयारी गरेको छ ।

गालान्टले बुधबार हत्जरिम एयरबेसमा हवाई दलसँग भेटघाट गर्दै, इरानमाथि आक्रमणपछि इजरायल र अरूले इजरायली सेना कस्तो तयारीमा रहेको बुझेका हुने बताएका छन् ।

उनले एक्समा पनि सैनिकहरूको तयारी र प्रशिक्षणको बारेमा चर्चा गर्दै इजरायललाई नोक्सान पु¥याउने कुनै पनि शत्रुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

यसैबीच, इजरायल र अमेरिका बीच इरानका कुन क्षेत्रलाई निशाना बनाउने भन्ने विषयमा छलफल भइरहेको छ, जसमा अमेरिकाले इरानको तेल उद्योग र आणविक कार्यक्रममाथि हमला नगर्न आग्रह गरेको छ ।

इजरायलले लेबनानमा समेत हवाई आक्रमण जारी राखेको छ, जहाँ हालै हिजबुल्लाहका उच्च नेता हाशेम सफिउद्दीनको मृत्यु भएपछि संगठनको नेतृत्व संकटमा परेको छ ।

इजरायलले दक्षिणी लेबनानको टायर सहरमा समेत हवाई आक्रमण गरेको छ, जसले हजारौं विस्थापित परिवारहरूलाई थप संकटमा पारिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ