2026-10-23 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा

काठमाडौं । इजरायल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्धमा विवाद बढ्दै गर्दा, इजरायली संसद (केनेसट) ले युएन राहत र कार्य एजेन्सी (युएनआरडब्ल्य) लाई गाजा र वेस्ट बैंकमा काम गर्न रोक लगाउने विधेयक पारित गर्ने तयारी गरिरहेको छ ।

यो निर्णयसँगै, इजरायलले संयुक्त राष्ट्रसंघप्रति देखाएको असन्तोषको स्तर थप स्पष्ट भएको छ ।

पूर्व रक्षा मन्त्री बेनी गान्ट्जले विधेयकको समर्थन गर्दै युएनआरडब्ल्यालाई हमाससँग जोडिएको आरोप लगाए ।

‘यसले आफूलाई शरणार्थीहरूको जीवन सुधार गर्ने आफ्नो उद्देश्य विपरीत गइसकेको छ,’उनले भने । इजरायलका लागि मुख्य साझेदार मानिएको संयुक्त राज्यले पनि यस निर्णयको आलोचना गर्दै यसले मानवीय सेवा र सहायता वितरणमा बाधा पुर्याउने चेतावनी दिएको छ ।

यस विधेयकका समर्थकहरूका अनुसार, गाजा र वेस्ट बैंकमा झन्डै २४ लाख प्यालेस्टाइनहरूलाई सहयोग पुर्याउने युएनआरडब्ल्याको भूमिका तत्काल प्रभावित हुनेछ ।

हालैको ७ अक्टोबरको घटनासँग सम्बन्धित युएनआरडब्ल्याका कर्मचारीलाई निष्कासित गरेपछि पनि इजरायली नेताहरूले यो एजेन्सीको तटस्थतामा प्रश्न उठाएका छन् ।

यस विषयमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पनि तनाव बढेको छ ।

गुटेरसलाई इजरायलले हालै ‘पर्सोना नन–ग्राटा’ घोषणा गरेको छ, जसलाई उसको ‘विरोधी’ व्यवहारको संकेतको रूपमा व्याख्या गरिएको छ । इजरायलका नेताहरूले युएनले इजरायलमाथि ‘अनावश्यक’ रूपमा ध्यान केन्द्रित गरेको आरोप लगाउँदै आएपछि यो सम्बन्ध थप जटिल बन्दै गएको छ ।

कुनै पनि सम्भावित समाधान नदेखिँदा यो विवादले संयुक्त राष्ट्रसंघको भूमिका र भविष्यलाई गम्भीर चुनौती दिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने